close

ई-हाजिरी मसिन घरमा लैजाने त्रिविका शिक्षकलाई कानून बमोजिम कारबाही हुन्छः प्रधानमन्त्री

टेकपाना टेकपाना

भदौ १२, २०८० १२:२५

ई-हाजिरी मसिन घरमा लैजाने त्रिविका शिक्षकलाई कानून बमोजिम कारबाही हुन्छः प्रधानमन्त्री

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले त्रिभुवन विश्वविद्यालयको डिजिटल हाजिरी मसिन घरमा लैजाने शिक्षकहरूमाथि कानून बमोजिम कारबाही हुने बताएका छन् । मंगलबार बसेको प्रतिनिधिसभा बैठकमा सांसद उर्मिला थेवेको प्रश्वको जवाफ दिँदै उनले यस्तो बताएका हुन् ।

''स्वायत्त निकायका रूपमा त्रिभुवन विश्वविद्यालयका कामहरू त्रिभुवन विश्वविद्यालय ऐन, २०४९ बमोजिम सञ्चालन भइरहेका छन्,'' प्रधानमन्त्री प्रचण्डले भने, ''विश्वविद्यालयको हाजिरी व्यवस्थापन सम्बन्धमा विश्वविद्यालयको आन्तरिक प्रशासनले नियमित नियमन गरिरहेको र नियम बमोजिम नभएका कार्यहरूमा सम्बन्धितलाई कानून बमोजिम कारवाही हुने कुरा म जानकारी गराउन चाहन्छु ।''

साउन १९ गते प्रतिनिधिसभा अन्तर्गतको शिक्षा, स्वास्थ्य तथा सूचना समितिको बैठकमा बोल्ने क्रममा त्रिविका उपकुलपति प्राध्यापक डा. धर्मकान्त बास्कोटाले प्राध्यापकलाई सिस्टममा ल्याउन डिजिटल हाजिरी ल्याएको भए पनि उनीहरूले डिजिटल हाजिरी नै घर लगेको बताएका थिए ।

पछिल्लो अध्यावधिक: भदौ १२, २०८० १२:५९