नबिलमा खाता खोल्ने नारीलाई डेबिट तथा क्रेडिट कार्डसँगै मोबाइल बैंकिङ निःशुल्क
भदौ १८, २०८० १६:५९
काठमाडौं । नजिकिँदै गरेको हिन्दु नारीहरूको महान चाड तीजलाई लक्षितगर्दै नबिल बैंकले विशेष अफर ल्याएको छ । बैंकमा “नबिल प्रिमियम नारी बचत खाता” खोल्ने महिला महिला ग्राहकलाई लक्षित गर्दै यो अफर ल्याइएको हो ।
यसअन्तर्गत उक्त खाता खोलेको पहिलो वर्ष डेबिट कार्ड, क्रेडिट कार्ड र मोबाइल बैंकिङ निःशुल्क प्रयोग गर्न सक्नेछन् । साथै यो अफर अन्तर्गत पहिलो वर्षको वार्षिक लकर शुल्क पनि नलाग्ने बैंकले जनाएको छ ।
सीमित अवधिका लागि ल्याइएको यो अफर अन्तर्गत नारी ग्राहकले आउँदो १५ असोजसम्ममा “नबिल प्रिमियम नारी बचत खाता” खोल्न सक्नेछन् । १८ लाखभन्दा बढी ग्राहक रहेको नबिल बैंकले २६५ शाखा र २९८ एटीएम मसिनबाट सेवा प्रदान गर्दै आएको छ ।
पछिल्लो अध्यावधिक: भदौ १८, २०८० १६:५९
