close

मलाई बीवाईडीको ईभी चलाउँदा एरोप्लेन चलाएको अनुभव हुन्छः हरिवंश आचार्य

टेकपाना टेकपाना

भदौ २५, २०८० १७:३०

मलाई बीवाईडीको ईभी चलाउँदा एरोप्लेन चलाएको अनुभव हुन्छः हरिवंश आचार्य

 

काठमाडौं । कलाकार हरिवंश आचार्यले बीवाईडी चलाउन थालेपछि आफूलाई एरोप्लेन (हवाई​ जहाज) चलाएको महसुस हुने बताएका छन् । सोमबार राजधानीमा बीवाईडी डल्फिन सार्वजनिक गर्ने कार्यक्रममा बोल्दै आचार्यले बीवाईडी गाडी स्मुथ भएकाले यो चलाउँदा एरोप्लेन चलाएको अनुभव हुने बताएका हुन् ।

“म बीवाईडी चढिरहेको छु । बीवाईडी चढ्दाखेरि मैले जहाँपनि भन्ने गरेको छु कि म पढ्दै नपढिकन पाइलट हुन पाएँ भनेर,” उनले भने, “मलाई बीवाईडी चलाउँदाखेरी म एरोप्लेन चलाएको फिल हुन्छ । सेटअप हेर्दाखेरी स्टान्डर्ड लाग्छ ।”

त्यस्तै पहिले अन्य गाडी चलाएर घर आउँदा थाकिने समस्या थियो भने अहिले बीवाईडी एट्टो थ्री चलाउँदा गाडीका कारण थकाई नलागेको उनले सुनाए ।

“अनुहार मात्र नभई बीवाईडीका गाडीको काम झनै राम्रो लाग्छ,” आचार्यले भने, “काम यति स्मुथ हुन्छ कि पहिले पहिले गाडी चलाएर घरमा आउँदाखेरी असाध्यै थकाइ लाग्थ्यो ।  र, बीवाईडी चलाइसकेपछि म धेरै लङ टुर पनि गएँ । त्यसपछि मलाई गाडीको कारणले थकाई लागेको छैन ।”

पछिल्लो अध्यावधिक: भदौ २५, २०८० १७:३०