close

आइएमई पेबाट एयरलाइन्सको टिकेट काट्दा ५०० रुपैयाँ क्याशब्याक पाइने

टेकपाना टेकपाना

भदौ २५, २०८० २२:४०

आइएमई पेबाट एयरलाइन्सको टिकेट काट्दा ५०० रुपैयाँ क्याशब्याक पाइने

काठमाडौं । डिजिटल वालेट आइएमई पेले एयरलाइन्स टिकट खरिद गर्दा रु. ५०० क्याशब्याक दिने भएको छ ।

आइएमई पेमार्फत पहिलो पटक एयरलाइन्स टिकेट काट्ने प्रयोगकर्ताले यो अफरबाट लाभ लिन पाउने कम्पनीले जनाएको छ ।

कम्पनीका अनुसार 'FLYIME' प्रोमो कोडको प्रयोग मार्फत फ्ल्याटमा रु ५०० क्याशब्याक पाउन सकिनेछ ।

विद्युतीय भुक्तानी माध्यममार्फत सहजै एयरलाइन्स टिकट काट्न प्रोत्साहन गर्ने उद्धेश्यले भदौ २४ देखि सञ्चालनमा ल्याइएकाे यो अफरमा पहिलो १००० योग्य सेवाग्राहीलाई क्याशब्याक प्रदान गरिने कम्पनीले जनाएको छ ।

पछिल्लो अध्यावधिक: भदौ २५, २०८० २२:४०