close

ढाकाकुमार श्रेष्ठबारे सामाजिक सञ्जालमा फेक पोस्ट राख्ने रेग्मी पक्राउ

टेकपाना टेकपाना

भदौ २८, २०८० १९:९

ढाकाकुमार श्रेष्ठबारे सामाजिक सञ्जालमा फेक पोस्ट राख्ने रेग्मी पक्राउ

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का पूर्व सांसद ढाकाकुमार श्रेष्ठबारे सामाजिक सञ्जालमा भ्रम फैलाएको आरोपमा एक जना पक्राउ परेका छन् । जिल्ला प्रहरी कार्यालय कास्कीबाट खटिएको प्रहरी टोलीले बुधवार स्याङ्जा आँधीखोला गाउँपालिका-५, ठूलीबराहका ३५ वर्षीय सुर्यबहादुर रेग्मीलाई पक्राउ गरेको हो ।

“ढाकाकुमार श्रेष्ठले सामाजिक सञ्जाल फेसबुकमा आफूलाई कसैले साङ्घातिक आक्रमण गरेको छ, उहाँ घाइते भएर उपचारका लागि हस्पिटल लगिएको छ, अज्ञात समूहले मेरो निवासमा गएर धारिलो हतियार प्रयोग गरी आक्रमण गरेको छ, मलाई मणिपाल अस्पतालमा उपचारका लागि लगिएको र अवस्था चिन्ताजनक छ भनेर पोस्ट गरेको भन्दै जाहेरी दिनुभएको थियो,” कार्यालयका सूचना अधिकारी एवं प्रहरी नायब उपरीक्षक श्रवणकुमार बिकले भने, “उहाँले मङ्गलवार उजुरी दिनु भएको थियो । हामीले त्यसैका आधारमा पक्राउ गरेका हाैं ।”

रेग्मीमाथि विद्युतीय कारोबार ऐन, २०२३ अन्तर्गतको कसूरमा थप अनुसन्धान प्रक्रिया अगाडि बढाएको कार्यालयले जनाएको छ । 

 

पछिल्लो अध्यावधिक: भदौ २८, २०८० १९:९