close

आईफोन १५, सामसङ एस २३ र गुगल पिक्सेल ७ मध्ये तपाईँका लागि कुन राम्रो ?

टेकपाना टेकपाना

असोज १, २०८० १६:२

आईफोन १५, सामसङ एस २३ र गुगल पिक्सेल ७ मध्ये तपाईँका लागि कुन राम्रो ?

काठमाडौं । एप्पलले अन्ततः आफ्नो टाइप-सी पोर्ट सहितको आईफोन सिरिज सार्वजनिक गरेको छ । सबैभन्दा बढी खोजिएको टाइप-सी पोर्ट सहितको आईफोन १५ भन्दा उत्कृष्ट मानिएको एन्ड्रोइड फोन कत्तिको राम्रो वा आकर्षक छ त ? एन्ड्रोइड फोनको बजारमा अहिले गुगल र सामसङका प्रिमियम फोनहरू बढी रुचाइएका छन् । यी विभिन्न मोडेलमा भएका फिचरलाई केलाउँदा कुन  ब्रान्ड उत्कृष्ठ छन् त ? 

आईफोन १५ को बेस मोडेल र प्रो मोडेलका आ-आफ्नै विशेषता छन् । विशेषगरी आईफोन १४ प्रो र प्रो म्याक्समा भएका अधिकांश फिचर आईफोन १५ र १५ प्सलमा समावेश गरिएको छ भने प्रो र प्रो म्याक्स मोडेलमा केही विशेष फिचरहरू राखिएको छ ।

आईफोन १५ को बेस मोडेलको कुरा गर्ने हो भने त्यसमा डाइनामिक आइल्यान्ड, ४८ मेगापिक्सेलको मुख्य क्यामेरा, स्याटलाइटमार्फत चल्ने रोडसाइड असिस्टेन्ट जस्ता फिचर रहेका छन् ।

प्रो मोडेलमा भने टाइटनियम बडी, एक्सन बटन स्तरीय क्यामेरा फिचर उपलब्ध गराइएको छ । एन्ड्रोइड फोनमा वर्षौंअघि आईसकेको यूएसबी-सी पोर्ट आईफोनमा हालै मात्र आउँदा प्रयोगकर्ता आईओएसमा जाने वा एन्ड्रोइड लिने भन्ने द्विविधा निम्त्याएको हुनसक्छ । 

त्यसैले आईफोन १५ र त्यस्तै सुविधा भएका एन्ड्रोइड फोनमध्ये कुन राम्रो हुन्छ धेरैको चासोको विषय हुनसक्छ । हामीले यहाँ द भर्जले तुलना गरेको आईफोन १५ का विभिन्न मोडेल र एन्ड्रोइडका सामसङ एस २३ तथा गुगल पिक्सेल सेभेनको विभिन्न पक्ष तल उल्लेख गरेका छाैं ।
 

आईफोन १५ र १५ प्लस तथा सामसङ ग्यालेक्सी एस २३ र गुगल पिक्सेल सेभेन 

 

वर्ग

आईफोन १५

आईफोन १५ प्लस

सामसङ ग्यालेक्सी एस २३

गुगल पिक्सेल सेभेन

सुरुवाती मूल्य (डलरमा)

७९९ (करिब एक लाख पाँच हजार रुपैयाँ)

८९९ (करिब एक लाख १८ हजार रुपैयाँ)

६९९.९९ (करिब ९२ हजार तीन सय रुपैयाँ)

५९९ (करिब ७९ हजार रुपैयाँ)

ओएस

आईओएस १७

आईओएस १७

एन्ड्रोइड १३

एन्ड्रोइड १३

डिस्प्ले

६.१ इन्च ओएलईडी

६.७ इन्च ओएलईडी

६.१ इन्च ओएलईडी

६.३ इन्च ओएलईडी

डिस्प्ले रिफ्रेस रेट (हर्ज)

६०

६०

१२०

१२०

पिक ब्राइटनेस (निट्स)

२०००

२०००

१७५०

१४००

अलवेज अन डिस्प्ले

छैन

छैन

डाइमेन्सन (एमएम)

७१.६*१४७.६*७.८

७७.८*१६०.९*७.८

७०.९*१४६.३*७.७

७३.२*१५५.६*८.७

तौल (ग्राम)

१७१ ग्राम

२०१ ग्राम

१६८ ग्राम

१९७ ग्राम

ब्याट्री क्षमता

खुलाइएको छैन (यद्यपि २० घण्टाको भिडिओ प्लेब्याक रहेको बताइएको छ )

खुलाइएको छैन  (यद्यपि २६ घण्टाको भिडिओ प्लेब्याक रहेको बताइएको छ )

३९०० एमएएच

४३५५ एमएएच

वायरलेस चार्जिङ

छ (म्यागसेफ)

छ (म्यागसेफ) 

फास्ट चार्ज केबल

प्रोसेसर

ए१६ बायोनिक

ए १६ बायोनिक

स्नापड्रागन ८ जेन टु

गुगल टेन्सर जीटु चिप

र्‍याम

६ जीबी

६ जीबी

८ जीबी 

८ जीबी

स्टोरेज (जीबी)

१२८/२५६/५१२

१२८/२५६/५१२

१२८/२५६

१२८/२५६

पोर्ट

यूएसबी-सी

यूएसबी-सी

यूएसबी-सी

यूएसबी-सी

पछाडिको क्यामेरा

४८ मेगापिक्सेल मुख्य १२ मेगापिक्सेल अल्ट्रावाइड

४८ मेगापिक्सेल मुख्य १२ मेगापिक्सेल अल्ट्रावाइड

५० मेगापिक्सेल मुख्य, १२ मेगापिक्सेल अल्ट्रावाइड

५० मेगापिक्सेल मुख्य, १२ मेगापिक्सेल अल्ट्रावाइड

सेल्फी क्यामेरा

१२ मेगापिक्सेल

१२ मेगापिक्सेल

१२ मेगापिक्सेल

१०.८ मेगापिक्सेल

बायोमेट्रिक्स

फेस आईडी

फेस आईडी

इन डिस्प्ले फिङ्गरप्रिन्ट सेन्सर, फेस अनलक

इन डिस्प्ले फिङ्गरप्रिन्ट सेन्सर, फेस अनलक

वाईफाई सिक्स ई

छैन

छैन

स्याटलाइट एसओएस फिचर

छ (रोड साइड असिस्टेन्ट)

छ (रोड साइड असिस्टेन्ट)

छैन

छैन

आईपी रेटिङ

आईपी ६८

आईपी ६८

आईपी ६८

आईपी ६८

डुअल सिम

छ (एउटा भौतिक र अर्को ईसिम)

छ (एउटा भौतिक र अर्को ईसिम)

छ (एउटा भौतिक र अर्को ईसिम)

छ (एउटा भौतिक र अर्को ईसिम)


बजारमा आएका प्रिमियम स्मार्टफोनमा १२० हर्ज रिफ्रेसरेटसम्मको डिस्प्ले उपलब्ध गराउन थालिएको छ । तर, एप्पलले आईफोन १५ र १५ प्लसमा भने स्टान्डर्ड रिफ्रेस रेट ६० हर्ज नै उपलब्ध गराएको छ । त्यस्तै र्‍यामको सन्दर्भमा पनि आईफोन १५ र १५ प्लस त्यही स्तरको एन्ड्रोइड फोनभन्दा पछाडि छ । 

 

मूल्यमा पनि आईफोन १५ र १५ प्लस त्यही स्तरका फोनको तुलनामा महँगो छ । 

 

आईफोन १५ प्रो र १५ प्रो म्याक्स तथा सामसङ ग्यालेक्सी एस २३ अल्ट्रा र गुगल पिक्सेल सेभेन प्रो



 

वर्ग

आईफोन १५ प्रो

आईफोन १५ प्रो म्याक्स

सामसङ ग्यालेक्सी एस २३ अल्ट्रा

गुगल पिक्सेल सेभेन प्रो

सुरुवाती मूल्य (डलरमा)

९९९ (करिब एक लाख ३१ हजार रुपैयाँ)

११९९ (करिब एक लाख ५८ हजार रुपैयाँ)

११९९.९९ (करिब एक लाख ५८ हजार रुपैयाँ)

८९९ (करिब एक लाख १८ हजार रुपैयाँ)

ओएस

आईओएस १७

आईओएस १७

एन्ड्रोइड १३

एन्ड्रोइड १३

डिस्प्ले

६.१ इन्च ओएलईडी

६.७ इन्च ओएलईडी

६.८ इन्च ओएलईडी

६.७ इन्च ओएलईडी

डिस्प्ले रिफ्रेस रेट (हर्ज)

१२०

१२०

१२०

१२०

पिक ब्राइटनेस (निट्स)

२०००

२०००

१७५०

१५००

अलवेज अन डिस्प्ले

डाइमेन्सन (एमएम)

७०.६*१४७.६*८.२५

७६.७*१५९.९*८.२५

७८.१*१६३.४*८.९

७६.६*१६२.९*८.९

तौल (ग्राम)

१८७ ग्राम

२२१ ग्राम

२३४ ग्राम

२१२ ग्राम

ब्याट्री क्षमता

खुलाइएको छैन (यद्यपि २३ घण्टाको भिडिओ प्लेब्याक रहेको बताइएको छ )

खुलाइएको छैन  (यद्यपि २९ घण्टाको भिडिओ प्लेब्याक रहेको बताइएको छ )

५००० एमएएच

५०००

एमएएच

वायरलेस चार्जिङ

छ (म्यागसेफ)

छ (म्यागसेफ) 

फास्ट चार्ज केबल

प्रोसेसर

ए१७ बायोनिक

ए १७ बायोनिक

स्नापड्रागन ८ जेन टु

गुगल टेन्सर जीटु चिप

र्‍याम

८ जीबी

८ जीबी

८ जीबी 

१२ जीबी

स्टोरेज (जीबी)

१२८/२५६/५१२/१ टीबी

२५६/५१२/१ टीबी

२५६/५१२/१ टीबी

१२८/२५६/५१२ जीबी

पोर्ट

यूएसबी-सी

यूएसबी-सी

यूएसबी-सी

यूएसबी-सी

पछाडिको क्यामेरा

४८ मेगापिक्सेल मुख्य, १२ मेगापिक्सेल अल्ट्रावाइड, १२ मेगापिक्सेल टलिफोटो

४८ मेगापिक्सेल मुख्य, १२ मेगापिक्सेल अल्ट्रावाइड, १२ मेगापिक्सेल टलिफोटो

२०० मेगापिक्सेल मुख्य, १२ मेगापिक्सेल अल्ट्रावाइड, दई ओटा १० मेगापिक्सेलको टलिफोटो क्यामेरा

५० मेगापिक्सेल मुख्य, १२ मेगापिक्सेल अल्ट्रावाइड, ४८ मेगापिक्सेल टेलिफोटो

सेल्फी क्यामेरा

१२ मेगापिक्सेल

१२ मेगापिक्सेल

१२ मेगापिक्सेल

१०.८ मेगापिक्सेल

बायोमेट्रिक्स

फेस आईडी

फेस आईडी

इन डिस्प्ले फिङ्गरप्रिन्ट सेन्सर, फेस अनलक

इन डिस्प्ले फिङ्गरप्रिन्ट सेन्सर, फेस अनलक

वाईफाई सिक्स ई

स्याटलाइट एसओएस फिचर

छ (रोड साइड असिस्टेन्ट)

छ (रोड साइड असिस्टेन्ट)

छैन

छैन

आईपी रेटिङ

आईपी ६८

आईपी ६८

आईपी ६८

आईपी ६८

डुअल सिम

छ (एउटा भौतिक र अर्को ईसिम)

छ (एउटा भौतिक र अर्को ईसिम)

छ (एउटा भौतिक र अर्को ईसिम)

छ (एउटा भौतिक र अर्को ईसिम)

 

आईफोन १५ प्रो र प्रो म्याक्सको सबैभन्दा आकर्षक विशेषता भनेकै यसको टाइटानियम बडी र कम तौल हो । रिफ्रेस रेटको सन्दर्भमा सामसङ, गुगलले आफ्नो प्रिमियम फोनमा १२० हर्ज उपलब्ध गराएका छन्, एप्पलले पनि आईफोन १५ प्रो र प्रो म्याक्समा १२० हर्ज रिफ्रेश रेटको डिस्प्ले उपलब्ध गराएको छ । 

यो वर्ष एप्पलले आईफोन १५ प्रो म्याक्स आईफोन १४ भन्दा एक सय डलर महँगो बनाएको छ । यद्यपि यसको सुरुवाती स्टोरेज नै २५६ जीबी छ । त्यसैले पनि कम्पनीले मूल्य बढाएको अपेक्षा गरिएको छ ।

पछिल्लो अध्यावधिक: असोज १, २०८० १६:२