काठमाडौं । एप्पलले अन्ततः आफ्नो टाइप-सी पोर्ट सहितको आईफोन सिरिज सार्वजनिक गरेको छ । सबैभन्दा बढी खोजिएको टाइप-सी पोर्ट सहितको आईफोन १५ भन्दा उत्कृष्ट मानिएको एन्ड्रोइड फोन कत्तिको राम्रो वा आकर्षक छ त ? एन्ड्रोइड फोनको बजारमा अहिले गुगल र सामसङका प्रिमियम फोनहरू बढी रुचाइएका छन् । यी विभिन्न मोडेलमा भएका फिचरलाई केलाउँदा कुन ब्रान्ड उत्कृष्ठ छन् त ?
आईफोन १५ को बेस मोडेल र प्रो मोडेलका आ-आफ्नै विशेषता छन् । विशेषगरी आईफोन १४ प्रो र प्रो म्याक्समा भएका अधिकांश फिचर आईफोन १५ र १५ प्सलमा समावेश गरिएको छ भने प्रो र प्रो म्याक्स मोडेलमा केही विशेष फिचरहरू राखिएको छ ।
आईफोन १५ को बेस मोडेलको कुरा गर्ने हो भने त्यसमा डाइनामिक आइल्यान्ड, ४८ मेगापिक्सेलको मुख्य क्यामेरा, स्याटलाइटमार्फत चल्ने रोडसाइड असिस्टेन्ट जस्ता फिचर रहेका छन् ।
प्रो मोडेलमा भने टाइटनियम बडी, एक्सन बटन स्तरीय क्यामेरा फिचर उपलब्ध गराइएको छ । एन्ड्रोइड फोनमा वर्षौंअघि आईसकेको यूएसबी-सी पोर्ट आईफोनमा हालै मात्र आउँदा प्रयोगकर्ता आईओएसमा जाने वा एन्ड्रोइड लिने भन्ने द्विविधा निम्त्याएको हुनसक्छ ।
त्यसैले आईफोन १५ र त्यस्तै सुविधा भएका एन्ड्रोइड फोनमध्ये कुन राम्रो हुन्छ धेरैको चासोको विषय हुनसक्छ । हामीले यहाँ द भर्जले तुलना गरेको आईफोन १५ का विभिन्न मोडेल र एन्ड्रोइडका सामसङ एस २३ तथा गुगल पिक्सेल सेभेनको विभिन्न पक्ष तल उल्लेख गरेका छाैं ।
आईफोन १५ र १५ प्लस तथा सामसङ ग्यालेक्सी एस २३ र गुगल पिक्सेल सेभेन
|
वर्ग |
आईफोन १५ |
आईफोन १५ प्लस |
सामसङ ग्यालेक्सी एस २३ |
गुगल पिक्सेल सेभेन |
|
सुरुवाती मूल्य (डलरमा) |
७९९ (करिब एक लाख पाँच हजार रुपैयाँ) |
८९९ (करिब एक लाख १८ हजार रुपैयाँ) |
६९९.९९ (करिब ९२ हजार तीन सय रुपैयाँ) |
५९९ (करिब ७९ हजार रुपैयाँ) |
|
ओएस |
आईओएस १७ |
आईओएस १७ |
एन्ड्रोइड १३ |
एन्ड्रोइड १३ |
|
डिस्प्ले |
६.१ इन्च ओएलईडी |
६.७ इन्च ओएलईडी |
६.१ इन्च ओएलईडी |
६.३ इन्च ओएलईडी |
|
डिस्प्ले रिफ्रेस रेट (हर्ज) |
६० |
६० |
१२० |
१२० |
|
पिक ब्राइटनेस (निट्स) |
२००० |
२००० |
१७५० |
१४०० |
|
अलवेज अन डिस्प्ले |
छैन |
छैन |
छ |
छ |
|
डाइमेन्सन (एमएम) |
७१.६*१४७.६*७.८ |
७७.८*१६०.९*७.८ |
७०.९*१४६.३*७.७ |
७३.२*१५५.६*८.७ |
|
तौल (ग्राम) |
१७१ ग्राम |
२०१ ग्राम |
१६८ ग्राम |
१९७ ग्राम |
|
ब्याट्री क्षमता |
खुलाइएको छैन (यद्यपि २० घण्टाको भिडिओ प्लेब्याक रहेको बताइएको छ ) |
खुलाइएको छैन (यद्यपि २६ घण्टाको भिडिओ प्लेब्याक रहेको बताइएको छ ) |
३९०० एमएएच |
४३५५ एमएएच |
|
वायरलेस चार्जिङ |
छ (म्यागसेफ) |
छ (म्यागसेफ) |
छ |
छ |
|
फास्ट चार्ज केबल |
छ |
छ |
छ |
छ |
|
प्रोसेसर |
ए१६ बायोनिक |
ए १६ बायोनिक |
स्नापड्रागन ८ जेन टु |
गुगल टेन्सर जीटु चिप |
|
र्याम |
६ जीबी |
६ जीबी |
८ जीबी |
८ जीबी |
|
स्टोरेज (जीबी) |
१२८/२५६/५१२ |
१२८/२५६/५१२ |
१२८/२५६ |
१२८/२५६ |
|
पोर्ट |
यूएसबी-सी |
यूएसबी-सी |
यूएसबी-सी |
यूएसबी-सी |
|
पछाडिको क्यामेरा |
४८ मेगापिक्सेल मुख्य १२ मेगापिक्सेल अल्ट्रावाइड |
४८ मेगापिक्सेल मुख्य १२ मेगापिक्सेल अल्ट्रावाइड |
५० मेगापिक्सेल मुख्य, १२ मेगापिक्सेल अल्ट्रावाइड |
५० मेगापिक्सेल मुख्य, १२ मेगापिक्सेल अल्ट्रावाइड |
|
सेल्फी क्यामेरा |
१२ मेगापिक्सेल |
१२ मेगापिक्सेल |
१२ मेगापिक्सेल |
१०.८ मेगापिक्सेल |
|
बायोमेट्रिक्स |
फेस आईडी |
फेस आईडी |
इन डिस्प्ले फिङ्गरप्रिन्ट सेन्सर, फेस अनलक |
इन डिस्प्ले फिङ्गरप्रिन्ट सेन्सर, फेस अनलक |
|
वाईफाई सिक्स ई |
छैन |
छैन |
छ |
छ |
|
स्याटलाइट एसओएस फिचर |
छ (रोड साइड असिस्टेन्ट) |
छ (रोड साइड असिस्टेन्ट) |
छैन |
छैन |
|
आईपी रेटिङ |
आईपी ६८ |
आईपी ६८ |
आईपी ६८ |
आईपी ६८ |
|
डुअल सिम |
छ (एउटा भौतिक र अर्को ईसिम) |
छ (एउटा भौतिक र अर्को ईसिम) |
छ (एउटा भौतिक र अर्को ईसिम) |
छ (एउटा भौतिक र अर्को ईसिम) |
बजारमा आएका प्रिमियम स्मार्टफोनमा १२० हर्ज रिफ्रेसरेटसम्मको डिस्प्ले उपलब्ध गराउन थालिएको छ । तर, एप्पलले आईफोन १५ र १५ प्लसमा भने स्टान्डर्ड रिफ्रेस रेट ६० हर्ज नै उपलब्ध गराएको छ । त्यस्तै र्यामको सन्दर्भमा पनि आईफोन १५ र १५ प्लस त्यही स्तरको एन्ड्रोइड फोनभन्दा पछाडि छ ।
मूल्यमा पनि आईफोन १५ र १५ प्लस त्यही स्तरका फोनको तुलनामा महँगो छ ।
आईफोन १५ प्रो र १५ प्रो म्याक्स तथा सामसङ ग्यालेक्सी एस २३ अल्ट्रा र गुगल पिक्सेल सेभेन प्रो
|
वर्ग |
आईफोन १५ प्रो |
आईफोन १५ प्रो म्याक्स |
सामसङ ग्यालेक्सी एस २३ अल्ट्रा |
गुगल पिक्सेल सेभेन प्रो |
|
सुरुवाती मूल्य (डलरमा) |
९९९ (करिब एक लाख ३१ हजार रुपैयाँ) |
११९९ (करिब एक लाख ५८ हजार रुपैयाँ) |
११९९.९९ (करिब एक लाख ५८ हजार रुपैयाँ) |
८९९ (करिब एक लाख १८ हजार रुपैयाँ) |
|
ओएस |
आईओएस १७ |
आईओएस १७ |
एन्ड्रोइड १३ |
एन्ड्रोइड १३ |
|
डिस्प्ले |
६.१ इन्च ओएलईडी |
६.७ इन्च ओएलईडी |
६.८ इन्च ओएलईडी |
६.७ इन्च ओएलईडी |
|
डिस्प्ले रिफ्रेस रेट (हर्ज) |
१२० |
१२० |
१२० |
१२० |
|
पिक ब्राइटनेस (निट्स) |
२००० |
२००० |
१७५० |
१५०० |
|
अलवेज अन डिस्प्ले |
छ |
छ |
छ |
छ |
|
डाइमेन्सन (एमएम) |
७०.६*१४७.६*८.२५ |
७६.७*१५९.९*८.२५ |
७८.१*१६३.४*८.९ |
७६.६*१६२.९*८.९ |
|
तौल (ग्राम) |
१८७ ग्राम |
२२१ ग्राम |
२३४ ग्राम |
२१२ ग्राम |
|
ब्याट्री क्षमता |
खुलाइएको छैन (यद्यपि २३ घण्टाको भिडिओ प्लेब्याक रहेको बताइएको छ ) |
खुलाइएको छैन (यद्यपि २९ घण्टाको भिडिओ प्लेब्याक रहेको बताइएको छ ) |
५००० एमएएच |
५००० एमएएच |
|
वायरलेस चार्जिङ |
छ (म्यागसेफ) |
छ (म्यागसेफ) |
छ |
छ |
|
फास्ट चार्ज केबल |
छ |
छ |
छ |
छ |
|
प्रोसेसर |
ए१७ बायोनिक |
ए १७ बायोनिक |
स्नापड्रागन ८ जेन टु |
गुगल टेन्सर जीटु चिप |
|
र्याम |
८ जीबी |
८ जीबी |
८ जीबी |
१२ जीबी |
|
स्टोरेज (जीबी) |
१२८/२५६/५१२/१ टीबी |
२५६/५१२/१ टीबी |
२५६/५१२/१ टीबी |
१२८/२५६/५१२ जीबी |
|
पोर्ट |
यूएसबी-सी |
यूएसबी-सी |
यूएसबी-सी |
यूएसबी-सी |
|
पछाडिको क्यामेरा |
४८ मेगापिक्सेल मुख्य, १२ मेगापिक्सेल अल्ट्रावाइड, १२ मेगापिक्सेल टलिफोटो |
४८ मेगापिक्सेल मुख्य, १२ मेगापिक्सेल अल्ट्रावाइड, १२ मेगापिक्सेल टलिफोटो |
२०० मेगापिक्सेल मुख्य, १२ मेगापिक्सेल अल्ट्रावाइड, दई ओटा १० मेगापिक्सेलको टलिफोटो क्यामेरा |
५० मेगापिक्सेल मुख्य, १२ मेगापिक्सेल अल्ट्रावाइड, ४८ मेगापिक्सेल टेलिफोटो |
|
सेल्फी क्यामेरा |
१२ मेगापिक्सेल |
१२ मेगापिक्सेल |
१२ मेगापिक्सेल |
१०.८ मेगापिक्सेल |
|
बायोमेट्रिक्स |
फेस आईडी |
फेस आईडी |
इन डिस्प्ले फिङ्गरप्रिन्ट सेन्सर, फेस अनलक |
इन डिस्प्ले फिङ्गरप्रिन्ट सेन्सर, फेस अनलक |
|
वाईफाई सिक्स ई |
छ |
छ |
छ |
छ |
|
स्याटलाइट एसओएस फिचर |
छ (रोड साइड असिस्टेन्ट) |
छ (रोड साइड असिस्टेन्ट) |
छैन |
छैन |
|
आईपी रेटिङ |
आईपी ६८ |
आईपी ६८ |
आईपी ६८ |
आईपी ६८ |
|
डुअल सिम |
छ (एउटा भौतिक र अर्को ईसिम) |
छ (एउटा भौतिक र अर्को ईसिम) |
छ (एउटा भौतिक र अर्को ईसिम) |
छ (एउटा भौतिक र अर्को ईसिम) |
आईफोन १५ प्रो र प्रो म्याक्सको सबैभन्दा आकर्षक विशेषता भनेकै यसको टाइटानियम बडी र कम तौल हो । रिफ्रेस रेटको सन्दर्भमा सामसङ, गुगलले आफ्नो प्रिमियम फोनमा १२० हर्ज उपलब्ध गराएका छन्, एप्पलले पनि आईफोन १५ प्रो र प्रो म्याक्समा १२० हर्ज रिफ्रेश रेटको डिस्प्ले उपलब्ध गराएको छ ।
यो वर्ष एप्पलले आईफोन १५ प्रो म्याक्स आईफोन १४ भन्दा एक सय डलर महँगो बनाएको छ । यद्यपि यसको सुरुवाती स्टोरेज नै २५६ जीबी छ । त्यसैले पनि कम्पनीले मूल्य बढाएको अपेक्षा गरिएको छ ।
पछिल्लो अध्यावधिक: असोज १, २०८० १६:२
