काठमाडौं । स्मार्टफोन ब्रान्ड भिभोले आफ्ना तीन ओटा फोनमा दशैं तिहार विशेष प्रि–फेस्टिभल अफर घोषणा गरेको छ । यसअन्तर्गत भी२७ फाइभजी, वाई३६ र वाई०२ माेडेलका फाेनमा छुट उपलब्ध गराइएको छ ।
सेप्टेम्बर २०२३ को अन्त्यसम्म सञ्चालन हुने यो अफर अफर देशभरका भिभोको रिटेल आउटलेटहरू र विभिन्न इ–कमर्स प्लेटफर्महरूमा उपलब्ध रहेको कम्पनीले जनाएको छ ।
भिभो भी२७ फाइभजी
भी२७ मा १२० हर्ज रिफ्रेश रेट भएको कर्भ्ड स्क्रिन र पातलाे बेजल रहेकाे छ । २४००x१०८० रेजोलुसन डिस्प्ले रहेको भी२७ मा डाइमेन्सिटी ७२०० (४ एनएम) प्रोसेसर राखिएको छ, जसमा १२ जीबी र्याम तथा २५६ जीबी इन्टर्नल स्टोरेज रहेको छ ।
तीन ओटा क्यामेरा राखिएको फोनमा ५० मेगापिक्सेलको प्राइमरी सेन्सर, ८ मेगापिक्सेलको अल्ट्रा वाइड एङ्गल लेन्स र २ मेगापिक्सेलको म्याक्रो लेन्स दिइएको छ । अगाडि भागमा अटोफोकस सहितको ५० मेगापिक्सेलको सेल्फी क्यामेरा छ ।
फोनको ठूलो डिस्प्ले स्ट्रिमिङ तथा ब्राउजिङका लागि उपयुक्त हुने अनुमान लगाउन सकिन्छ । भी२७ ई मा २.५ डी स्क्रिनका साथै १२० हर्ज रिफ्रेश रेट सहितको एमोलेड डिस्प्ले समावेश छ ।
रु. ५८,९९९ मूल्य रहेको यो स्मार्टफोन प्रि-फेस्टिभल अफर अवधिभर रु. ५६,९९९ मा उपलब्ध हुनेछ ।
भिभो वाई३६
भिभो वाई ३६ मा ९० हर्ज रिफ्रेस रेट भएको ६.६४ इन्च आईपीएस एलसीडी डिस्प्ले छ । एन्ड्रोइड १३ मा आधारित यो मोडेलमा कम्पनीले फनटच १३ यूआई उपलब्ध गराएको छ । यो मोडेल क्वाल्कमको एम ६३३५ स्न्यापड्रागन ६८० फोरजी चिपसेट राखिएको छ ।
विश्व बजारमा यो मोडेल ४ र ८ जीबी र्याम भेरियन्ट तथा १२८ र २५६ जीबी इन्टर्नल स्टोरेज भेरियन्टमा उपलब्ध छ । कम्पनीले नेपालमा भने ८ जीबी र्याम र १२८ जीबी इन्टर्नल स्टोरेज भएको मोडेल उपलब्ध गराएको छ । कम्पनीले फाेनमा थप ८ जीबी भर्चुअल र्याम थप्न मिल्ने सुविधा पनि दिएकाे छ ।
यसमा ५० मेगापिक्सेलको मुख्य क्यामेरा, २ मेगापिक्सेलको डेप्थ सेन्सर र २ मेगाोपिक्सेलको म्याक्रो सेन्सर गरी तीन ओटा रियर क्यामेरा रहेका छन् ।सेल्फी खिच्न रुचाउनेहरूका लागि भने यसमा १६ मेगापिक्सेलको क्यामेरा दिइएको छ ।
यसमा फिङ्गरप्रिन्ट, एक्सेलेरोमिटर, प्रोक्सिमिटी, जाइरो, कम्पास जस्ता सेन्सर उपलब्ध छन् ।
५००० एमएएच क्षमताको लिपो ब्याट्री भएको फोनमा कम्पनीले ४४ वाटको फास्ट चार्जर उपलब्ध गराएको छ । जसलाई १५ मिनेटमै ३० प्रतिशत चार्ज गर्न सकिने कम्पनीको दाबी छ ।
यस स्मार्टफोनको मूल्य सीमित अवधिका लागि रु. २८,९९९ बाट घटेर रु. २७,९९९ ताेकिएको छ ।
भिभो वाई०२
५००० एमएएच क्षमताको ब्याट्रीयुक्त याे फोनमा ३ जीबी र्याम र ३२ जीबी स्टोरेज रहेको छ । यसमा ६.५१ इन्चको एचडी प्लस डिस्प्ले रहेको छ । फोनमा आँखाको सुरक्षाका लागि ‘आई प्रोटेक्सन मोड’ पनि रहेको छ ।
वाई०२ मा ८ मेगापिक्सेलको मुख्य क्यामेरा तथा ५ मेगापिक्सेलको फ्रन्ट क्यामेरा रहेको छ । यसमा फेस ब्युटी र टाइम–ल्याप्स जस्ता सुविधा छन् । यसमा ५००० एमएएचकाे ब्याट्री छ ।
रु १३,४९९ पर्ने यो स्मार्टफोन प्रि-फेस्टिभल अफर अवधिभर रु. १२,९९९ मा किन्न सकिन्छ ।