close

के तपाईँले फेसबुकको लोगो फेरिएको चाल पाउनु भयो ?

टेकपाना टेकपाना

असोज ४, २०८० १६:२७

के तपाईँले फेसबुकको लोगो फेरिएको चाल पाउनु भयो ?

काठमाडौं । मेटाले फेसबुकको ‘आइडेन्टिटी सिस्टम’ अपडेट गरेसँगै लोगो परिमार्जन गरेको छ । बुधवार कम्पनीले ‘डिजाइन एट मेटा’मा ब्लग राख्दै फेसबुकको लोगो परिमार्जन गरेको जानकारी दिएको हो ।

यसअघि फेसबुकको लोगोमा पछाडिपट्टिको गोलो घेरामा फिक्का निलो रङ्ग प्रयोग गरिएको थियो भने परिमार्जित नयाँ लोगोमा पछाडिको गोलो घेरा गाढा निलो रङ्गको छ ।

त्यस्तै कम्पनीले लोगोमा प्रयोग भएको ‘एफ’ अक्षरलाई पनि थोरै परिमार्जन गरेको छ । 

कन्ट्रास्ट बढाएको गोलो रङ्गले ‘एफ’ अक्षर प्रस्ट देखिने कम्पनीले जनाएको छ । मेटाका अनुसार फेसबुकमा दुई अर्ब बढी सक्रिय प्रयोगकर्ता छन् । परिमार्जित लोगोले एपको आइडेन्टिटीलाई प्रतिनिधित्व गर्ने कम्पनीको तर्क छ । 

फेसबुकको अङ्ग्रेजी अक्षरको शब्द पनि अपडेट भएको छ । कम्पनीले फेसबुक सन्स फन्ट प्रयोग गरी वर्डमार्क र लोगो परिमार्जन गरेको छ ।

त्यस्तै फेसबुकको रियाक्सन ईमोजी पनि परिवर्तन भएको देख्न सकिन्छ ।

यससँगै फेसबुकलको एप, वेब र लाइट एपमा लाइक, कमेन्ट र शेयरको आईकन पनि परिमार्जन भएको छ । बुधवारदेखि प्रयोगकर्ताले एपमा यस्ता परिवर्तन देख्न थालेका हुन् ।

पछिल्लो अध्यावधिक: असोज ४, २०८० १६:३२