काठमाडौं । रौतहट जिल्लाको चन्द्रपुर नगरपालिका ८ स्थित सन्तपुरबाट प्रहरीले करिब सात लाख ८० हजार रुपैयाँ बराबरको इलेक्ट्रोनिक्स सामान बरामद गरेको छ ।
असोज ४ गते राति गौरबाट चपुरतर्फ जाँदै गरेको प्रदेश ३–०३००१ ख ०१२३ र प्रदेश २–०१००६ ख ५४३४ नम्बरको यात्रुवाहक बसको डिकीमा लुकाई छिपाई लैजाँदै गरेको अवस्थामा ती सामान बरामद भएको सशस्त्र प्रहरीले जनाएको छ ।
प्रहरीका अनुसार बिलविजक नभएको तीन हजार ६५५ थान एलईडी वाच र ४९० थान एलईडी लाइट सुरक्षा वेश सन्तपुरले बरामद गरेको हो । बरामद सामान गौर भन्सार कार्यालयमा बुझाइएको प्रहरीले जनाएको छ ।