close

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल वरपर ड्रोन, चङ्गा र बेलुन उडाउनेमाथि कारबाही हुने

टेकपाना टेकपाना

असोज ५, २०८० १९:९

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल वरपर ड्रोन, चङ्गा र बेलुन उडाउनेमाथि कारबाही हुने

काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको वरपर ड्रोन, चङ्गा, बलुन उडाए कारबाही गर्ने चेतावनी दिएको छ । विमानको उडान सुरक्षामा गम्भीर असर पुग्ने भन्दै नेपाल नागरिक उड्डयन प्राधिकरणले यस्तो कार्यमा रोक लगाएको हो । 

विमानस्थल आसपासमा चङ्गा, ड्रोन, बेलुन उडाउने र लेजर लाइट बाल्ने गर्दा समस्या उत्पन्न हुने प्राधिकरणको भनाइ छ । यसर्थ वायु यानको उडान तथा अवतरणको समयमा यस्ता गतिविधि एवं क्रियाकलाप नगर्न/नगराउन सम्बन्धित सबैमा प्राधिकरणले अनुरोध गरेको छ । यदि कसैले अटेर गरी त्यस्तो काम गरे तथा गराइएको पाइएमा प्रचलित कानून ऐनबमोजिम कडा कारबाही हुने प्राधिकरणले एक सूचना मार्फत जानकारी दिएको छ । 

 

पछिल्लो अध्यावधिक: असोज ५, २०८० १९:९