close

नेपाली बजारमा स्मार्ट मोटर्सका ईभी ल्याउँदै चौधरी ग्रुप

टेकपाना टेकपाना

असोज ८, २०८० १२:४५

नेपाली बजारमा स्मार्ट मोटर्सका ईभी ल्याउँदै चौधरी ग्रुप

काठमाडौं । व्यापारिक घराना चौधरी ग्रुप (सीजी) ले नेपाली बजारमा स्मार्ट मोटर्स ब्राण्डका विद्युतीय सवारीसाधन ल्याउने भएको छ । यसका लागि सीजी र स्मार्ट मोटर्स ईभीका अधिकारीहरूबीच गत शनिबार चीनमा एक सम्झौता भएको छ ।

सीजीका प्रबन्ध निर्देशक निर्वाण चौधरीले सामाजिक सञ्जालमा एक पोस्ट राख्दै नेपालमा स्मार्ट मोटर्स ईभी ल्याउन साझेदारी भएको जानकारी दिए ।

स्मार्ट मोटर्स प्रसिद्ध जर्मन अटो कम्पनी मर्सिडिज बेन्जको ज्वाइन्ट भेन्चर कम्पनी हो । सीजीले चाँडै नै 'स्मार्ट #१' (Smart #1) को पहिलो ब्याच नेपाली बजारमा ल्याउने तयारी गरिरहेको बताइएको छ ।

सीजीले हाल नेपाली बजारमा नेटा, केवाईसी, किङलङ ब्राण्डका ईभी विस्तार गरिरहेको छ । स्मार्ट मोटर्सका ईभीको आगमनले नेपालमा विद्युतीय सवारी साधनको बजार थप प्रतिस्पर्धी हुने अपेक्षा गरिएको छ ।

थोरै सञ्चालन लागत, कम वायु प्रदूषण र वातावरणीय दिगोपन लगायतका धेरै फाइदाका कारण नेपालमा पछिल्लो समय विद्युतीय सवारी साधनको लोकप्रियता बढेको छ ।

पछिल्लो अध्यावधिक: असोज ८, २०८० १२:४५