close

वर्ल्डलिङ्कका ग्राहकलाई खल्तीको दशैं अफर, २४ जोडीले दुबई घुम्न पाउने

टेकपाना टेकपाना

असोज ११, २०८० ११:५९

वर्ल्डलिङ्कका ग्राहकलाई खल्तीको दशैं अफर, २४ जोडीले दुबई घुम्न पाउने

काठमाडौं । डिजिटल वालेट खल्तीले वर्ल्डलिङ्कका ग्राहकलाई लक्षित गर्दै ‘दशैं क्याम्पियन’ ल्याएकाे छ । यसअन्तर्गत वर्ल्डलिङ्कको इन्टरनेट बिलको भुक्तानी खल्तीबाट गर्नेमध्ये २४ ग्राहकको जोडीलाई ‘दुबई भ्रमण’ काे अफर दिइएकाे छ ।

यो अफरमा सहभागी हुन ग्राहकले इन्टरनेट सेवाप्रदायक वर्ल्डलिङ्कको इन्टरनेट शुल्क खल्तीबाट भुक्तानी गर्नुपर्ने हुन्छ । खल्तीबाट भुक्तानी गर्नेमध्ये हरेक हप्ता दुई जोडीले दुबई घुम्ने मौका पाउनेछन् । यसअन्तर्गत चार रात पाँच दिनको दुबई भ्रमणका लागि लाग्ने सम्पूर्ण खर्च खल्तीले ब्यहोर्ने छ ।  

विशेषगरी तीन महिना वा १२ महिनाको इन्टरनेट शुल्क भुक्तानी गर्ने ग्राहक अफरमा सहभागी हुन पाउनेछन् ।

तीन महिनाको इन्टरनेट शुल्क खल्तीबाट तिरेपछि प्रयोगकर्ताले दुई ओटा भौचर पाउनेछन् भने १२ महिनाको भुक्तानी गर्दा पाँच ओटा भौचर पाउनेछन् । खल्तीले तीनै भौचरमार्फत हरेक साता लक्की ड्र गरी दुई ओटा भौचर छान्नेछ ।

“डिजिटल भुक्तानीलाई प्रवर्द्धन गर्न यस्ता आकर्षक ल्याउन पाउँदा हामी उत्साहित छौं,” खल्तीका सीईओ विनय खड्काले भने, “यस्ता क्याम्पियनलाई निरन्तरता दिनेमा हामी प्रतिवद्ध छौं ।”

खल्ती डिजिटल वालेटले वर्ल्डलिङ्कका ग्राहकलाई लक्षित गर्दै यस्तो क्याम्पियन गरेकोमा आफू हर्षित भएको वर्ल्डलिङ्कका प्रमुख कार्यकारी अधिकृत (सीईओ) केशव नेपालले बताए । “यस्तो क्याम्पियन पहिलो पटक सञ्चालन हुँदा हामी उत्साहित छौं,” नेपालले भने, “यस्ताे क्याम्पियनले डिजिटल भुक्तानीको प्रयोग बढ्नेमा हामी विश्वस्त छौं ।” 

वर्ल्डलिङ्ककका अनुसार अहिले ६५ प्रतिशत प्रयोगकर्ताले सो कम्पनीको इन्टरनेटको शुल्क डिजिटल माध्यमबाट भुक्तानी गर्ने गर्छन् । खल्तीले पछिल्लाे समय प्रयोगकर्तालाई आकर्षित गर्न यस्ता आकर्षक कार्यक्रमहरू सञ्चालन गर्दै आएको छ । खल्तीले हालै सम्पन्न गरेको ‘जात्रा क्याम्पियन’ यसको एउटा जल्दोबल्दो उदाहरण हो । त्यसबाहेक पनि कम्पनीले माेबाइल टपअपमा आईफोन १४ जित्ने अफर ल्याएको थियो ।

पछिल्लो अध्यावधिक: असोज ११, २०८० १२:१८