close

नेपाली बजारमा हुन्डाईको नयाँ ईभी ‘कोना जीएल’, मूल्य ५९ लाख ९६ हजार रुपैयाँ

टेकपाना टेकपाना

असोज १३, २०८० १९:३४

नेपाली बजारमा हुन्डाईको नयाँ ईभी ‘कोना जीएल’, मूल्य ५९ लाख ९६ हजार रुपैयाँ

काठमाडौं । नेपाली बजारमा नयाँ बिजुली गाडी हुन्डाई कोना जीएल (Hyundai KONA GL) भित्रिएको छ । हुन्डाईका लागि नेपालको आधिकारीक वितरक लक्ष्मी इन्टरकन्टिनेन्टल प्रालिले यो कार नेपाली बजारमा ल्याएको हो ।

कोना जीएलमा सेक्युरिटी फिचर, एड्भान्स कनेक्टिभीटी जस्ता थुप्रै कुरामा परिमार्जन गरिएको कम्पनीको भनाइ छ । यसमा स्मार्ट सेन्स सेफ्टी सुइट, रिजेनेरेटिभ ब्रेकिङ, प्याडल सिफ्टर, ड्राइभ वाई वायर सिस्टम तथा क्लाइमेट प्रि-सेटिङ जस्ता सुरक्षा फिचर रहेका छन् ।

कम्पनीले गाडीमा ३९.२ किलोवाट आवरको लिथियम आयन पोलिमर ब्याट्री दिएको छ । कम्पनीका दाबी अनुसार यो गाडी एक पटकको चार्जमा ३०५ किलोमिटरसम्म गुडाउन सकिन्छ । त्यस्तै १०० किलोवाटको डीसी फास्ट चार्जरले ५४ मिनेटमा ८० प्रतिशत ब्याट्री चार्ज गर्न सकिन्छ ।

नेपाली बजारमा एट्लास ह्वाइट, साइबर ग्रे, ग्यालाटिक ग्रे, पल्स रेड, सर्फी ब्लु र डार्क नाइटजस्ता रङमा यो बिजुली गाडी उपलब्ध छ । त्यस्तै कोना ईभीको इन्ट्री भेरियन्ट जीएलको मूल्य ५९ लाख ९६ हजार र जीएल एस भेरियन्टको मूल्य ६४ लाख ९६ हजार रुपैयाँ तोकिएको छ ।

पछिल्लो अध्यावधिक: असोज १३, २०८० १९:३४