close

नेपालमा बीवाईडी ब्लेड ब्याट्रीको परीक्षण, किलाले छेड्दा पनि केही भएन

टेकपाना टेकपाना

असोज १३, २०८० २२:४

नेपालमा बीवाईडी ब्लेड ब्याट्रीको परीक्षण, किलाले छेड्दा पनि केही भएन

काठमाडौं । नेपालमा बीवाईडी ब्लेड ब्याट्रीको ‘नेल पेनिट्रेसन टेस्ट’ सफलतापूर्वक सम्पन्न गरिएको छ । चिनियाँ कम्पनी बीवाईडी अटोको नेपालस्थित आधिकारिक बिक्रेता साइमेक्स इन्कले शुक्रबार उक्त परीक्षण सफलतापूर्वक गरेको हो ।

परीक्षणका क्रममा साइमेक्स इन्कले ब्लेड ब्याट्री र एनसीएम ब्याट्रीलाई किलाले प्वाल पार्न प्रयास गरेको थियो । त्यो क्रममा एनसीएम ब्याट्रीमा भने आगो लाग्यो । तर बीआईडीको ब्लेड ब्याट्रीमा कुनै असर परेन ।

यस परीक्षणले प्रतिकूल परिस्थितिमा पनि बीवाईडी ब्लेड ब्याट्रीले तापवहन गर्न सक्ने पुष्टि गरेको साइमेक्स इन्कका प्रमुख कार्यकारी अधिकृत (सीईओ) सहिल श्रेष्ठले बताए ।

उनका अनुसार परीक्षणका क्रममा परम्परागत लिथियम आयन ब्याट्री ५०० डिग्री सेल्सियसभन्दा उच्च तापक्रमसम्म पुगेर विस्फोट भई आगो लाग्यो । ब्लेड ब्याट्री भने ६० डिग्री सेल्सियससम्म मात्र पुग्दा पनि सामान्य अवस्थामा नै रह्यो ।

पछिल्लो समय विद्युतीय गाडी लोकप्रिय भइरहेको समयमा ब्लेड ब्याट्रीको गुणस्तर र विशेषताबारेमा सुसूचित गराउने उद्देश्यले यो परीक्षण गरिएको उनको भनाइ छ ।

हेर्नुहोस् भिडिओ

पछिल्लो अध्यावधिक: असोज १३, २०८० २२:४