close

सार्वजनिक हुनु अघि नै चुहियो ‘भिभो भी २९’ को नेपाली मूल्य

टेकपाना टेकपाना

असोज १८, २०८० ११:४८

सार्वजनिक हुनु अघि नै चुहियो ‘भिभो भी २९’ को नेपाली मूल्य

 

काठमाडौं । बिहीवार सार्वजनिक हुने तयारीमा रहेको स्मार्टफोन ‘भिभो भी २९’ को नेपाली मूल्य लिक भएको छ । कम्पनी स्रोतबाट प्राप्त जानकारी एक ब्लगले लिक गरिदिएको हो ।​ लिक अनुसार नेपालमा भिभो भी २९ फाइभजीको मूल्य ५९ हजार ९९९ रुपैयाँ रहेको छ ।

चिनियाँ स्मार्टफोन कम्पनी भी २९ फाइभजीमा १२० हर्जको रिफ्रेश रेट रहेको छ । कर्भ्ड डिजाइन, आयाताकार क्यामेरा बम्प, पछिल्तिर दुई ओटा गोलाकारसहित तीन ओटा क्यामेराको सेटअपका साथ यो फोन बजारमा आउँदैछ ।

तीन ओटा क्यामेरामध्ये ५० मेगापिक्सेलको मुख्य क्यामेरा , आठ मेगापिक्सेलको अल्ट्रावाइड सेन्सर र दुई मेगापिक्सेलको डेप्थ सेन्सर रहेका छन् । अगाडि भागमा भने सेल्फी र भिडिओ कलका लागि ५० मेगापिक्सेलको एचडी क्यामेरा दिइएको छ । 

यसका साथै पछाडि भागमा क्यामेरा सेटअपसँगै एलईडी फ्ल्याशलाइटका अतिरिक्त रूपमा राखिएको १५.६ एमएम आकार परिधी रहेको अउरा रिङ लाइटले  यो फोनलाई अलि बेग्लै पहिचान दिने अपेक्षा गर्न सकिन्छ । कम्पनीका अनुसार त्यसले लाइट इफेक्टका साथ अझ उन्नत स्तरको पोट्रट लिन सघाउने छ ।

६.७८ इन्चको एमोलेड स्क्रिन दिइएको भिभो भी २९ फोनको पिक्सेल डेन्सिटी ४५२ पीपीआई रहेको छ भने यसले पानी तथा धुलो प्रतिरोधका लागि आईपी ६८ प्रमाणीकरण प्राप्त गरेको छ । फोन पिक ब्लु र नोबल ब्ल्याक गरी दुई ओटा रङ्गको विकल्पमा नेपाली बजारमा उपलब्ध हुनेछ ।

फोनमा स्न्यापड्रागन ७७८ जी चिपसेटका साथै १२ जीबी डीडीआर ४ एक्स र्‍याम र २५६ जीबी यूएफएस ३.१ स्टोरेज रहेको छ । 

यसबाहेक ८० वाट फास्ट चार्जिङ सपोर्टसँगै फोनमा ४६०० एमएएच क्षमताको ब्याट्री पाउन सकिन्छ । फोनमा फाइभजी, वाईफाईभ ५, ब्लुटुथ ५.३, जीपीएस, यूएसबी टाइप सी, एनएफसी लगायतका फिचर समेत रहेका छन् । सुरक्षाका लागि फोनमा बायोमेट्रिक सुरक्षाका लागि फिङ्गरप्रिन्ट रिडर डिस्लेभित्रै राखिएको छ । 

पछिल्लो अध्यावधिक: असोज १८, २०८० ११:४८