close

अब खल्ती र आईएमईपेबाट पनि एनसेलमा ४० रुपैयाँभन्दा थोरैको टपअप गर्न नमिल्ने

टेकपाना टेकपाना

असोज १८, २०८० २०:२५

अब खल्ती र आईएमईपेबाट पनि एनसेलमा ४० रुपैयाँभन्दा थोरैको टपअप गर्न नमिल्ने

काठमाडौं । अब खल्ती डिजिटल वालेट र आईएमई पेबाट समेत एनसेल मोबाइलमा ४० रुपैयाँभन्दा कम मूल्यको रिचार्ज तथा टपअप गर्न नमिल्ने भएको छ । आज बिहीवार राति ११ बजेदेखि यस्तो नियम लागु हुने भन्दै दुवै कम्पनीले सूचना प्रकाशित गरेका हुन् ।

कम्पनीहरूका अनुसार एनसेलको नयाँ नियम अनुसार यस्तो व्यवस्था गरिएको उल्लेख छ । यस अघि ईसेवाले यस्तै किसिमको सूचना जारी गरिसकेको छ ।

"एनसेलको नयाँ नियम अनुसार अब न्यूनतम टपअप ४० रुपैयाँआाट मात्र उपलब्ध हुने हुँदा आज राति ११ बजेदेखि खल्तीबाट गरिने एनसेल टपअपमा पनि सोही नियम लागु हुने ब्यहोरा जानकारी गराउन चाहन्छौं," कम्पनीले एनसेल टपअप सम्बन्धि सूचना भन्दै उल्लेख गरेको छ ।

उता आईएमई पेले एनसेलको न्यूनतम मोबाइल रिचार्ज १० रुपैयाँबाट बढेर ४० रुपैयाँ पुगेको भन्दै सूचना जारी गरेको छ । "आज रातिको ११ बजेपश्चात आईएमई पेबाट सोभन्दा म मूल्यको रिचार्ज गरेमा कारोबार खारेज हुनेछ," कम्पनीले भनेको छ ।

पछिल्लो अध्यावधिक: असोज १८, २०८० २०:३७