close

मेरा पुराना अभिव्यक्ति काँटछाँट गरेर इजरायल घटनाबारे भ्रामक भिडिओ बनाइयोः रघुजी पन्त

टेकपाना टेकपाना

असोज २३, २०८० १५:६

मेरा पुराना अभिव्यक्ति काँटछाँट गरेर इजरायल घटनाबारे भ्रामक भिडिओ बनाइयोः रघुजी पन्त

काठमाडौं । नेकपा एमालेका नेता एवं सांसद रघुजी पन्तले आफूले अर्कै विषयमा बोलेका कुरालाई काँट‌छाँट गरेर गलत अर्थ लाग्ने गरी भिडिओ बनाइएकाे गुनासाे गरेका छन् । मंगलबार एक प्रेस वक्तव्य जारी गर्दै पन्तले इजरायलमा हमासको आक्रमणमा परी नेपाली विद्यार्थीहरू मारिएको समाचार आउनुअघि बोलेका कतिपय बोलीलाई काँटछाँट गरी टिकटक, युट्युब आदिमा गलत अर्थ लाग्ने तरिकाले राखिएको उल्लेख गरे ।

उनले त्यस्ता भिडिओहरू तत्काल हटाउन अनुराेध गरेका छन् । त्यस्तै आफ्नो भनाइलाई काँटछाँट गरी त्यसरी गलत अर्थ लाग्ने भिडिओ बनाई प्रचार गर्ने कार्यबाट सम्बन्धित व्यक्तिको भावनामा चोट पर्न गएको प्रति उनले दु:ख व्यक्त गरेका छन् ।

“बेग्लै प्रश्नको उत्तर दिँदा बोलेका कुरालाई काँट‌छाँट गरी, गलत अर्थ लाग्नेगरी भिडिओ बनाएर प्रचार गर्नु आपत्तिजनक कार्य भएकोले यस्ता भिडिओहरू तत्काल हटाउन माग गर्दछु,” उनले वक्तव्यमा लेखेका छन्, “एक नेपालीले अर्को नेपालीको दुःखमा सह‌भागिता जनाएर पीडामा मल्हम लगाउनुपर्ने यस्तो संवेदनशील घडीमा व्यक्तिका भनाइहरूलाई बङ्ग्याएर प्रस्तुत गरी स्थान बनाएर भ्युज बढाउन खोज्ने अमानवीय कार्य कसैले पनि गर्नु हुँदैन ।”

पछिल्लो अध्यावधिक: असोज २३, २०८० १५:४९