close

एआई तस्वीर बनाउन अब कुनै एप वा वेबसाइट नचाहिने, गुगल सर्चमै थपियो नयाँ टुल

टेकपाना टेकपाना

असोज २७, २०८० १२:१५

एआई तस्वीर बनाउन अब कुनै एप वा वेबसाइट नचाहिने, गुगल सर्चमै थपियो नयाँ टुल

काठमाडौं । अहिले (आर्टिफिसियल इन्टेलिजेन्स) एआई इमेज जेनेरेटरका विभिन्न विकल्प उपलब्ध छन् । मिडजर्नी, ड्याल-ई यसका लागि केही चर्चित नाम हुन् । यसै सन्दर्भमा गुगलले सर्च इन्जिनबाटै एआई इमेज तयार पार्न सकिने टुल विकास गरेको छ ।

एक ब्लगपोस्ट लेख्दै गुगलले यसबारे जानकारी दिएको हो । गुगलको यो नयाँ टुल सर्च जेनेरेटिभ एक्सपिरियन्स (एसजीई) को एक भागको रूपमा रहेको छ । तर यसलाई प्रयोग गरेर चित्र बनाउन भने प्रयोगकर्ताले अनिवार्य रूपमा एसजीई प्रयोग गर्नुपर्ने हुन्छ ।

सुरुवाती चरणमा गुगलले यो फिचर अमेरिकामा मात्र उपलब्ध गराएको छ । यहीकारण यसबाट तस्वीर बनाउन अङ्ग्रेजी भाषामा प्रोम्ट र उमेर १८ वर्ष पार गरेको हुनुपर्छ ।

त्यस्तै यसबाट गलत अर्थ लाग्ने, द्वन्द्व फैलाउने जस्ता तस्वीर तयार पार्न सकिँदैन  । साथै त्यसरी तयार हुने तस्वीरमा मेटाडेटा र इम्बेडेड वाटरमार्क राखिएको हुन्छ । त्यसैले ती तस्वीरहरू एआईद्वारा तयार पारिएको भनेर प्रमाणित गर्न सकिने गुगलको भनाइ छ ।

यदि तपाईं अमेरिकामा बस्नुहुन्छ भने google.com मा गएर गुगलको यो नयाँ फिचर प्रयोग गर्न सक्नुहुन्छ ।

पछिल्लो अध्यावधिक: असोज २७, २०८० १२:१५