close

खल्तीबाट वर्ल्डलिङ्कको बिल तिर्दा लक्ष्मणले पाए दुबई घुम्ने मौका

टेकपाना टेकपाना

कात्तिक १, २०८० १८:१०

खल्तीबाट वर्ल्डलिङ्कको बिल तिर्दा लक्ष्मणले पाए दुबई घुम्ने मौका

काठमाडौं । विराटनगरका लक्ष्मण साहले खल्ती वालेटबाट वर्ल्डलिङ्कको इन्टरनेटको बिल तिर्दा दुबई टुर जितेका छन् । खल्तीले वर्ल्डलिङ्कका ग्राहकलाई लक्षित गर्दै ल्याएको  ‘दशैं क्याम्पेन’ अन्तर्गत विराटनगर शान्तिचोकका साहले लक्की ड्र मार्फत ‘दुबई टुर’ जितेका हुन् ।

''मैले खल्तीबाट पेमेन्ट गर्दा दुबई घुम्न जाने अवसर पाइन्छ भनेर बुझेको चाहिँ थिएँ, तर आफैंलाई पर्ला भनेर सोचेको थिइनँ,'' आफ्नो जोडीसहित दुबई घुम्ने अफर पाएपछि उनले भने । 

वर्ल्डलिङ्कको इन्टरनेट बिलको भुक्तानी खल्तीबाट गर्नेमध्ये २४ ग्राहकको जोडीलाई ‘दुबई भ्रमण’ को अफर दिइएको छ  र हरेक हप्ता खल्तीले लक्की ड्र मार्फत दुई जोडीलाई दुबई टुर दिँदै आएको छ । पहिलो हप्ता वीरगंजका सुवास प्रधान र चितवनका मिलन कुमालले दुबई टुर जितेका थिए ।

दोस्रो हप्ताको टुर विराटनगर शान्तिचोकका लक्ष्मण शाहसहित काठमाडाैं-३२ का तोयानाथ ढुंगानाले जितेका हुन् ।

यो अफरमा सहभागी हुन ग्राहकले इन्टरनेट सेवाप्रदायक वर्ल्डलिङ्कको इन्टरनेट शुल्क खल्तीबाट भुक्तानी गर्नुपर्ने हुन्छ । खल्तीबाट भुक्तानी गर्नेमध्ये हरेक हप्ता दुई जोडीले दुबई घुम्ने मौका पाउनेछन् ।​ यसअन्तर्गत चार रात पाँच दिनको दुबई भ्रमणका लागि लाग्ने सम्पूर्ण खर्च खल्तीले ब्यहोर्ने छ ।

विशेषगरी तीन महिना वा १२ महिनाको इन्टरनेट शुल्क भुक्तानी गर्ने ग्राहकलाई यो अफरमा सहभागी गराइएको छ । तीन महिनाको इन्टरनेट शुल्क खल्तीबाट तिरेपछि प्रयोगकर्ताले दुई ओटा भाउचर छन् भने १२ महिनाको भुक्तानी गर्दा पाँच ओटा भाउचर पाउँछन् । खल्तीले ती भौचरमार्फत हरेक साता लक्की ड्र गरी दुई ओटा भौचर छान्छ ।

पछिल्लो अध्यावधिक: कात्तिक १, २०८० १८:१०