close

फेसबुकमा देखियो कुनै पनि पोस्ट शेयर नहुने समस्या

टेकपाना टेकपाना

कात्तिक १, २०८० २२:३

फेसबुकमा देखियो कुनै पनि पोस्ट शेयर नहुने समस्या

काठमाडौं । फेसबुकमा अहिले कुनै पनि पोस्ट शेयर नहुने समस्या आएको छ । नेपाली समय अनुसार बुधवार बेलुकी करिब साढे ९ बजेदेखि फेसबुकमा यस्तो समस्या देखिएको हो ।

कुनै पनि पोस्ट गर्ने क्रममा 'योर पोस्ट कुडन्ट बी शेयर्ड' भन्ने सन्देश देखिने गरेकाे छ । यसपछि एक्स लगायत अन्य सामाजिक सञ्जालमा प्रयोगकर्ताहरूले.फेसबुकमा समस्या सामना गरिरहेको गुनासाे गरेका छन् । 

यो समस्या भारतलगायत अन्य देशहरूमा पनि देखिएको छ । नयाँ सामग्री पोस्ट गर्दा समस्याहरू आएको भन्दै वेबसाइट आउटेज ट्र्याकिङ गर्ने डाउनडिटेक्टर प्लेटफर्ममा फेसबुक प्रयोगकर्ताहरूले रिपोर्ट गरिरहेका छन् ।

फेसबुकले भने यसबारे आधिकारिक अपडेट दिइसकेको छैन ।

पछिल्लो अध्यावधिक: कात्तिक १, २०८० २२:२०