close

बजार खस्किएपछि एकै पटक १४ हजार कर्मचारी निकाल्दै नोकिया

टेकपाना टेकपाना

कात्तिक १२, २०८० १४:१०

बजार खस्किएपछि एकै पटक १४ हजार कर्मचारी निकाल्दै नोकिया

काठमाडौं । सोचे जस्तो आम्दानी गर्न नसकेपछि नोकियाले एकै पटक १४ हजार कर्मचारीलाई कामबाट निकाल्ने भएको छ । कम्पनीले एक विज्ञप्ति जारी गर्दै बजार कमजोर भएको कारण ठूलो मात्रामा कर्मचारी कटौती गर्न लागेको बताएको हो ।

सन् २०२३ काे तेस्रो त्रैमासिक (जुलाई, अगस्ट र सेप्टेम्बर) मा गत वर्षकाे साेही अवधिभन्दा १५ प्रतिशतले नाफा गिरावट आएको कम्पनीले जनाएको छ ।

फिनल्यान्डमा मुख्य कार्यालय भएको कम्पनीले हाल ८६ हजारलाई प्रत्यक्ष रोजगारी दिइरहेको छ । अब कर्मचारी कटौतीपछि उक्त संख्या ७२ हजारदेखि ७७ हजारमा झर्ने कम्पनीको भनाइ छ ।

नाेकियाको यस कदमले १० देखि १५ प्रतिशत खर्च जोगिने र २०२४ मा ४० कराेड युरो (करिब ५६ अर्ब रुपैयाँ) बचाउने प्रक्षेपण गरेको छ । समग्रमा कम्पनीले सन् २०२६ को अन्त्यसम्ममा विभिन्न खर्चमा १.२ अर्ब युरो लागत कटौती गर्ने बताएको छ । यस कटौती पनि सोही योजना अनुसार आएको अनुमान गरिएको छ ।

कम्पनीको यो कदमलाई कठिन व्यापारिक निर्णय भएको र यसबाट असर पर्ने सबैलाई भविष्यमा सहयोग गर्ने प्रमुख कार्यकारी अधिकृत (सीईओ) पेक्का लुन्डमार्कले विज्ञप्तिमा लेखेका छन् ।

पछिल्लो अध्यावधिक: कात्तिक १२, २०८० १४:१०