close

ईभी ब्राण्ड सेरेसको ललितपुरमा नयाँ शोरुम

टेकपाना टेकपाना

कात्तिक १७, २०८० ७:७

ईभी ब्राण्ड सेरेसको ललितपुरमा नयाँ शोरुम

ललितपुर । विद्युतीय सवारी साधनको क्षेत्रमा लोकप्रिय ब्रान्ड बन्ने उद्देश्यका साथ ललितपुरको थासिखेलमा सेरेसले आफ्नो दोस्रो अत्याधुनिक शोरुम सञ्चालनमा ल्याएको छ । नेपालमा सेरेस ईभीको आधिकारिक वितरक एमएडब्लू वृद्धि अटो कर्पले ललितपुरमा डिलरशिपका लागि सिल्भर मुन मोटर्स प्रालिसँग साझेदारी गरेको हो ।

शोरुमले ब्रान्डको पहुँचलाई थप वृद्धि गर्ने तथा उत्साही र सम्भावित ग्राहकहरूलाई रोमाञ्चक सेरेस ईभीहरुको अन्वेषण गर्ने हबको रूपमा काम गर्ने बताइएको छ ।

नेपालमा सेरेसले 'सेरेस थ्री' र सेरेस मिनी ईभी गरी दुई मोडेल उपलब्ध गराएको छ । सेरेस थ्री कम्फर्ट र प्रिमियम दुई भेरियन्टहरुमा उपलब्ध छ, जसको मूल्य क्रमशः ४९ लाख ९९ हजार रुपैयाँ र ५२ लाख ९९ हजार रुपैयाँबाट सुरु हुन्छ ।

सेरेस मिनी ईभी तीन भेरियन्टमा आउँछः लो ट्रिम-१८० किमी बेस अप्सन, मिड ट्रिम-१८० किमी फुल अप्सन र टप ट्रिम-२२० किमी फुल अप्सन, जसको मूल्य क्रमशः १३ लाख ९९ हजार रुपैयाँ, १६ लाख ४९ हजार रुपैयाँ र १७ लाख ९९ हजार रुपैयाँ ताेकिएकाे छ ।

पछिल्लो अध्यावधिक: कात्तिक १७, २०८० ७:७