close

भायानेटको ‘चाडमा चौका’, ४ जनालाई रिफर गर्दा ४ महिनाको इन्टरनेटसँगै अल्टिमा इयरबड निःशुल्क

टेकपाना टेकपाना

कात्तिक १७, २०८० १४:४२

भायानेटको ‘चाडमा चौका’, ४ जनालाई रिफर गर्दा ४ महिनाको इन्टरनेटसँगै अल्टिमा इयरबड निःशुल्क

काठमाडौं । इन्टरनेट सेवाप्रदायक कम्पनी भायानेट कम्युनिकेसनले नयाँ अफर ‘रिफर फाेर फ्रेन्ड्स एन्ड विन बिग!’ ल्याएकाे छ । यसअन्तर्गत चार जना साथी वा परिवारका सदस्यलाई रिफर गर्ने ग्राहकहरूले चार महिनाको नि:शुल्क इन्टरनेटका साथै अल्टिमा इयरबड नि:शुल्क प्राप्त गर्न सक्ने कम्पनीले जनाएकाे छ ।

यो अफर भायानेटको पहिले नै लोकप्रिय भइसकेको चाडपर्व अफर ‘चाडमा चौका’ अभियानको विस्तारको रूपमा आएको हो । यस अन्तर्गत भायानेटले नयाँ किफायती इन्टरनेट प्याकेजहरू प्रतिमहिना भ्याटबाहेक रू. ७०० र ग्राहकहरूलाई अल्टिमा वायरलेस इयरबडहरू तथा हिमस्टार होम अप्लायन्सहरूमा ५० प्रतिशत छुट प्रदान गर्नेछ । 

कात्तिक १६ गतेदेखि सुरु भएर मङ्सिर ९ मा अन्त्य हुने यो नयाँ अफरमा भायानेटका ग्राहकले भायानेट परिवारमा सामेल हुनका लागि चार जना साथी वा परिवारका सदस्यहरूलाई रिफर गरी निम्नलिखित विशेष फाइदा प्राप्त गर्नेछन्: 

१. नि:शुल्क अल्टिमा एटम १९२ वायरलेस इयरबड्स: तोकिएको समयसीमा भित्र चार जना साथीहरूलाई सफलतापूर्वक रिफर गर्ने प्रत्येक ग्राहकले एक जोडी अल्टिमा एटम १९२ वायरलेस इयरबड नि:शुल्क प्राप्त गर्नेछन् ।  

२. आफ्नो लागि चार महिनाको नि:शुल्क इन्टरनेट: प्रत्येक सफल रिफरलका लागि भायानेटका ग्राहकले स्ट्यान्डर्ड रिफरल योजना अन्तर्गत एक महिनाको नि:शुल्क इन्टरनेट सेवा पाउनेछन् । यस अनुसार चार जना ग्राहकलाई रिफर गर्दा पहिले नै चार महिनाको नि:शुल्क इन्टरनेट प्राप्त हुनेछ ।  

३. रिफर गरिएकाको लागि एक महिनाको नि:शुल्क इन्टरनेट: ग्राहकद्वारा रिफर गरिएका साथी वा परिवारजनलाई भायानेटको स्ट्यान्डर्ड रिफरल योजनाको एक भागको रूपमा अल्ट्रा-फाई योजनाको सदस्यता लिएको खण्डमा एक महिनाको निःशुल्क इन्टरनेट सेवा प्रदान गरिने कम्पनीले जनाएकाे छ ।

पछिल्लो अध्यावधिक: कात्तिक १७, २०८० १४:५६