close

भूकम्प प्रभावित जिल्लाहरूमा पाँच दिनसम्म नेपाल टेलिकमको सेवा निःशुल्क

टेकपाना टेकपाना

कात्तिक १८, २०८० १४:२९

भूकम्प प्रभावित जिल्लाहरूमा पाँच दिनसम्म नेपाल टेलिकमको सेवा निःशुल्क

काठमाडौं । भूकम्प प्रभावित तीन जिल्लामा नेपाल टेलिकमको सेवा पाँच दिनसम्मका लागि सरकारले निःशुल्क दिने भएको छ ।

सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माको निर्देशनमा नेपाल टेलिकमले पाँच दिनसम्मका लागि जाजरकोट, रुकुमपश्चिम र रुकुमपूर्वमा निःशुल्क भ्वाइस, एसएमएस र उद्धार क्षेत्रमा सूचना आदानप्रदान गर्न आवश्कयताअनुसार निःशुल्क नमस्ते वाई-फाई सेवा प्रदान गर्ने निर्णय गरेको हो ।

जसअनुसार यी तीन जिल्लामा रहेका टावरमार्फत प्रवाह हुने जुनसुकै ठाउँबाट जारी भएका टेलिफोनमा पनि निःशुल्क टेलिफोन र एमएमएस गर्न सकिने छ । भूकम्प प्रभावित क्षेत्रमा टेलिकमले पाँच दिनसम्म सिमसमेत निःशुल्क उपलब्ध गराउने भएको छ ।

यस कठिन परिस्थितिमा नेपाल टेलिकमले आफ्नो कर्तव्यबोध गर्दै सबै प्रकारका दूरसञ्चार सेवाहरूलाई नियमित रूपमा सुचारु राख्ने नेपाल टेलिकमका प्रवक्ता शोभन अधिकारीले बताए ।

कम्पनीका सेवा सम्बन्धी समन्वयका लागि टेलिकमले स्रोत व्यक्ति पनि तोकेको छ । जसअनुसार प्रकाशचन्द्र सिग्देल (९८५१०२१७४०), जनक डाँगी (९८५११०९९५५) र ओमप्रकाश ढकाल (९८५१३४७८७०)सँग सम्पर्क गर्न पनि टेलिकमले आग्रह गरेको छ ।

पछिल्लो अध्यावधिक: कात्तिक २२, २०८० १२:१८