काठमाडौं । मेडिकल व्यवसायी दुर्गा प्रसाईं नेपाल प्रहरीकाे साइबर ब्यूरोमा हाजिर भएका छन् । सामाजिक सञ्जाल तथा विभिन्न सार्वजनिक कार्यक्रममा दिएका अभिव्यक्ति विवादित बनेपछि साइबर ब्यूरोले प्रसाईबारे अनुसन्धान गर्ने तयारी गरेको थियो । यसपछि प्रसाईं स्वयं ब्यूराेमा उपस्थित भएकाे साइबर ब्यूरोका प्रवक्ता एवम् प्रहरी उपरीक्षक पशुपतिकुमार रायले जानकारी दिए ।
“अहिले अनुसन्धान भइरहेकाले सबै कुरा खुलाउन मिल्दैन,” रायले टेकपानासँग भने, “सूचना भेरिफाई गर्न आउनु भएको हो । अहिलेलाई त्यति भन्न मिल्छ ।”
पछिल्लो समय प्रसाईंले सामाजिक सञ्जालमा विभिन्न विवादास्पद टिप्पणी दिँदै आएका छन् । आफूलाई राजावादी अभियन्ताका रूपमा चिनाउने उनले राजनीतिक दलका नेता तथा व्यावसायिक घरनाविरुद्ध अभिव्यक्ति दिने गरेका छन् । हालै उनले पूर्वप्रधानमन्त्री एवं एमाले अध्यक्ष केपी शर्मा ओलीकाे कम्बाेडियाकाे टेलिकम कम्पनीमा लगानी रहेकाे दाबी गरेका थिए ।