close

भूकम्प प्रभावित जिल्लामा अध्ययनका लागि नास्टले पठायो विज्ञ टोली

टेकपाना टेकपाना

कात्तिक १९, २०८० २१:५१

भूकम्प प्रभावित जिल्लामा अध्ययनका लागि नास्टले पठायो विज्ञ टोली

 

काठमाडौं । नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा-प्रतिष्ठान (नास्ट)ले भूकम्प प्रभावित जिल्लाकाे अध्ययनका लागि विज्ञ टोली पठाएको छ । एक विज्ञप्ति जारी गर्दै नास्टले भूकम्प र त्यसपछि आएका पराकम्पनको अध्ययन गर्न तथा क्षति अवलोकन गर्न विज्ञ टोली पठाएको जानकारी दिएको हो ।

नास्टले पठाएको विज्ञ टोलीमा भूकम्पविद् डा. शिव सुवेदी, डा. शंकर ढकाल सहित पाँच सदस्य छन् । उनीहरूले जाजरकोट, रुकुम लगायतका जिल्लाहरूमा कात्तिक २५ गतेसम्म रहेर अध्ययन गर्ने बताइएको छ ।

गत शुक्रबार जाजरकोटको रामीडाँडालाई केन्द्रविन्दु बनाएर ६.४ म्याग्निच्युडको भूकम्प जाँदा जाजरकोट र रुकुम पश्चिम/पूर्व लगायतका क्षेत्रमा ठूलाे जनधनकाे क्षति भएको छ । 

 

पछिल्लो अध्यावधिक: कात्तिक १९, २०८० २१:५१