close

२५ कात्तिकमा दराजको ११.११ सेल, सामान खरिदमा ८० प्रतिशत छुटदेखि उपहार जित्ने मौका

टेकपाना टेकपाना

कात्तिक २२, २०८० १४:३३

२५ कात्तिकमा दराजको ११.११ सेल, सामान खरिदमा ८० प्रतिशत छुटदेखि उपहार जित्ने मौका

काठमाडौं । ईकमर्स ब्राण्ड दराजले ११ः११ सेलको छैठौं संस्करण सार्वजनिक गरेको छ । नोभेम्बर ११ अर्थात् कात्तिक २५ गतेदेखि सुरु हुने यो सेलमा ग्राहकले रासन, घरेलु उपकरण, इलेक्ट्रोनिक्स, फेसन, मनेरञ्जनजस्ता विभिन्न विधाका लाखौं उत्पादनमा सात करोडसम्मको छुट पाउने कम्पनीले जनाएको छ ।

यो सेलमा ग्राहकले निःशुल्क डेलिभरी, रु. १० हजारसम्मको मेगा भाउचर, मेगा डिलमा ८० प्रतिशतसम्मको छुटका साथै मेगा गिभअवे अन्तर्गत रु. ९९९ भन्दा माथिको  खरिदमा अग्रिम भुक्तानी गर्ने ११ भाग्यशाली विजेताले सीजी ब्राण्डको वाशिङ मशिन जित्न सक्नेछन् ।

साथै बैंकको डेबिट कार्ड प्रयोग गरेर अग्रिम भुक्तानी गर्ने ग्राहकले १५ प्रतिशत (अधिकतम रु. २०००) सम्म छुट पाउनेछन् भने क्रेडिट कार्ड प्रयोग गर्ने ग्राहकहरूले २० प्रतिशत अधिकतम (रु. २५००) को छुट प्राप्त गर्नेछन् ।

यो सेलमा विभिन्न ब्राण्ड तथा कम्पनीहरूले साथ दिएका छन् । यसअन्तर्गत अल्टिमा लाइफस्टाइल, मसल बलेज, हाडा लाबो, भ्यासलिन, सेटाफिल, गोल्डस्टार, वाउ स्किन साइन्स र जुभारा याे सेलका डायमण्ड पार्टनर हुन् ।

त्यस्तै हाई फ्युचर, फिलिप्स, फ्यान्सिरा, एडिडास, मामाअर्थ, पल्म र फ्यानटेक दराजसँग गोल्ड पार्टनरको रूपमा आवद्ध छन् ।

त्यस्तै विभिन्न बैंकहरूले पनि दराजको ११ः११ सेलमा साझेदारी गरेका छन् । यसअन्तर्गत नबिल बैंक, सानिमा बैंक, हिमालयन बैंक, ग्लोबल आइएमई बैंक, एनआईसी एसिया बैंक, एभरेष्ट बैंक, नेपाल इन्भेष्टमेन्ट मेगा बैंक, एनएमबि बैंक, माछापुच्छ्रे बैंक, सिटिजन्स बैंक, नेपाल एसबीआई बैंक, नेपाल बैंक, कृषि विकास बैंक, ज्योति विकास बैंक र  सांग्रिला डेभलपमेन्ट बैंक रहेका छन् ।

यो बाहेक दराजले डिजिटल वालेट आइएमई पेसँग पनि सहकार्य गरेको छ । कात्तिक २५ गते राति १२ बजेदेखि १२ः३० बजेसम्म आईएमई–पे द्वारा अग्रिम भुक्तानी गर्ने ग्राहकले १५ प्रतिशत अधिकतम (रु. ५००) र बिहान ८ बजेबाट ८ः३० सम्म १५ प्रतिशत (अधिकतम रु. २५०) सम्मको छुट प्राप्त गर्न सक्नेछन् ।

यो सेलमा गायिका सुवानी मोक्तानले कात्तिक २४ गते राति १० बजे दराज लाइभमार्फत कार्यक्रम सञ्चालन गर्नेछिन् । यो कार्यक्रम दराजको एपबाट प्रत्यक्ष प्रसारण हुने छ ।

यो कार्यक्रममा मोक्तानको साङ्गीतिक प्रदर्शनका साथै विभिन्न खेल र प्रश्नाेत्तर समावेश छन्, जहाँ दर्शकहरूले आफ्नो सहभागिता जनाएर प्रत्येक ११ मिनेटमा आकर्षक उपहार जित्न सक्नेछन् ।

पछिल्लो अध्यावधिक: कात्तिक २३, २०८० ८:३