close

परिमार्जन सहित स्वीकृत भयो सामाजिक सञ्जाल सञ्चालन निर्देशिका

टेकपाना टेकपाना

कात्तिक २३, २०८० १५:३८

परिमार्जन सहित स्वीकृत भयो सामाजिक सञ्जाल सञ्चालन निर्देशिका

काठमाडौं । मन्त्रिपरिषद्ले सामाजिक सञ्जाल सञ्चालन निर्देशिका, २०८० लाई परिमार्जनसहित स्वीकृत गरेको छ । बिहीबार बसेको मन्त्रिपरिषद्को बैठकबाट निर्देशिका स्वीकृत गरेको हो ।

‘मन्त्रिपरिषद् विधेयक समितिबाट पेश भएको सामाजिक सञ्जाल सञ्चालन निर्देशिका, २०८० परिमार्जनसहित स्वीकृत गर्ने निर्णय गरेको छ’, बैठकपछि सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले भनिन् ।

योसँगै अब सामाजिक सञ्जाल सञ्चालन निर्देशिका कार्यान्वयनमा जाने उनले बताइन् ।

पछिल्लो अध्यावधिक: कात्तिक २३, २०८० १५:३८