close

भूकम्प पीडितका लागि एनसेलले कर्णाली प्रदेश सरकारलाई दियो ५० लाखको चेक

टेकपाना टेकपाना

कात्तिक २४, २०८० ९:३९

भूकम्प पीडितका लागि एनसेलले कर्णाली प्रदेश सरकारलाई दियो ५० लाखको चेक

 

काठमाडौं । एनसेल आजियाटा लिमिटेडले भूकम्प पीडितको उद्धार, उपचार र राहतमा तत्काल सहयोग गर्न गरेको प्रतिबद्धता बमोजिम कर्णाली प्रदेश सरकारलाई ५० लाख रुपैयाँ हस्तान्तरण गरेको छ ।​ एनसेलले बिहीवार कर्णाली प्रदेश सरकारको मुख्यमन्त्री तथा मन्त्रिपरिषद कार्यलय सुर्खेत पुगेर ५० लाखको चेक हस्तान्तरण गरेको हाे ।

कात्तिक १७ गतेको विनाशकारी भूकम्प गएसँगै एनसेलले आफ्ना ग्राहकका लागि रु. ४० लाख ब्यालेन्स बाराबरको सेवा निःशुल्क उपलब्ध गराइसकेकाे छ ।

एनसेलका तर्फबाट एनसेलका चिफ रेगुलेटरी एन्ड लिगल अफिसर विशाल उपाध्यायले कर्णाली प्रदेश सरकारका उद्योग, वन तथा पर्यटनमन्त्री कृष्ण बहादुर बिसीलाई एक कार्यक्रममाझ हस्तान्तरण गरेका थिए । ‘‘विपद्को यस घडीमा कर्णालीलाई सम्झिनु भएकोमा धन्यवाद । यस किसिमको संकटका बेलामा एनसेलले सरकारलाई विगतमा पनि सहयोग गदै आएको कुरा हामीलाई अवगत छ र उद्धार, राहत तथा पुनःस्थापनामा ठूलो रकम लाग्ने भएकाले यस किसिमको सहयोगले सरकारलाई ठूलो अर्थ राख्दछ,’’ चेक पाएपछि वन तथा पर्यटनमन्त्री बिसीले भने । 

त्यस्तै एनसेलका चिफ रेगुलेटरी एण्ड लिगल अफिसर, विशाल उपाध्यायले भने,  “यस प्रकारको कठिन समयमा प्रदेश सरकारसँग समन्वय गरी काम गर्दा स्थानीय समुदायमा पुग्न र उनीहरूलाई छिट्टै सहयोग प्रदान गर्न मद्दत पुग्ने कुरामा हामी विश्वास राख्दछौं ।”  

एनसेलको यो सहयोगका लागि धन्यवाद दिँदै कर्णाली प्रदेश सरकारका कायमुकायम मुख्यसचिव चुडामणि पौडेलले भने, “कर्णालीका भूकम्पपीडित जनतालाई सहयोग लिएर सुर्खेतमा आउनु भएकोमा कर्णाली प्रदेश सरकार र मुख्यमन्त्रीको तर्फबाट म सम्पूर्ण एनसेल परिवारलाई धन्यवाद ज्ञापन गर्दछु ।”

पछिल्लो अध्यावधिक: कात्तिक २४, २०८० ९:३९