close

दराज ११.११ सेलमा अल्टिमाका इयरबड्स, स्मार्टवाच, ब्लुटुथ स्पिकर र पावरबैंकमा छुट

टेकपाना टेकपाना

कात्तिक २४, २०८० १९:२०

दराज ११.११ सेलमा अल्टिमाका इयरबड्स, स्मार्टवाच, ब्लुटुथ स्पिकर र पावरबैंकमा छुट

काठमाडौं । अल्टिमा लाइफस्टाइलका उत्पादन खरिद गर्दा ५० प्रतिशतसम्म छुट पाउन सकिने भएको छ । कात्तिक २५ अर्थात् नाेभेम्बर ११ हुने ईकमर्स प्लेटफर्म दराजकाे ११ः११ सेलमा यो छुट पाउन सकिने छ ।

कम्पनीका अनुसार वायरलेस इयरबड्स, स्मार्टवाच, ब्लुटुथ स्पिकर र पावर बैंकका विभिन्न मोडेलहरूमा छुट पाउन सकिने छ । जसअन्तर्गत ग्राहकले इयरबड्समा ४०० देखि ७०० रुपैयाँ, स्मार्टवाचमा ६०० देखि ११०० रुपैयाँ, ब्लुटुथ स्पिकरमा ४०० रुपैयाँ र पावरबैंङ्कमा ३०० देखि ४०० रुपैयाँ छुट पाउन सक्नेछन् ।

त्यस्तै २६९९ रुपैयाँ पर्ने अल्टिमा एटम १९२ इयरबडलाई ग्राहकले १६४९ रुपैयाँमा जित्न सक्नेछन् । तर त्यसका लागि ‘रस हावर डिल’मा दिइने छुटको भाउचर भने सङ्कलन गर्नुपर्ने हुन्छ ।

यसबाहेक ११ः११ सेलको अवसर पारेर कम्पनीले वायरलेस इयरबड र स्मार्टवाचका दुई मोडेल पनि सार्वजनिक गरेको छ । जसमा बुम १४१ एएनसी इयरबड र नोभा प्रो स्मार्टवाच हुने कम्पनीले जनाएको छ । कम्पनीको अन्य उत्पादनमा जस्तै यी दुई उत्पादन पनि दराज ११:११ भर छुट रकममा खरिद गर्न सकिने छ । 

 

पछिल्लो अध्यावधिक: कात्तिक २४, २०८० १९:२२