काठमाडौं । गुगलले सर्च जेनेरेटिभ एक्सपेरियन्स (एसजीई) फिचर १२० देशमा विस्तार गरेको छ । अमेरिका, भारत र जापानमा गरिएको परीक्षणपछि गुगलले नेपालसहित १२० देशमा यो फिचर उपलब्ध गराएको हो ।
गुगल बार्ड एआईद्वारा सञ्चालित यो फिचरबाट सर्च इन्जिनमा नै एआईले दिने उत्तर पाउन सकिन्छ । माइक्रोसफ्टको बिङ एआईसँग प्रतिस्पर्धा गर्ने लक्ष्यसहित गुगलले सुरु गरेको यो फिचर गुगल बार्ड एआईद्वारा सञ्चालन भएपनि यसबाट सूचना मात्र पाउन सकिन्छ ।
त्यस्तै सर्च ल्याबमार्फत आफ्नो सर्च इन्जिनको नतिजामा एआईले उत्तर दिने विकल्प ‘अन’ गरे मात्र यो फिचर चलाउन सकिन्छ । यसका लागि निम्न प्रक्रिया अपनाउनुहोस्:
-सबैभन्दा सुरुमा सर्च ल्याबमा जानुहोस् । यसका लागि यहाँ क्लिक गर्नुहोस् ।
-अब अलि तल स्क्रोल गरेर 'गुगल सर्च' सेक्सनमा जानुहोस् । त्यहाँ 'गेट स्टार्टेड'मा क्लिक गर्नुहोस् ।
-अब नयाँ पेज खुल्छ । त्यहाँ तपाईंले एसजीई 'अन' गर्ने विकल्प पाउनु हुन्छ । त्यसलाई क्लिक गरेर यो विकल्प 'अन' गर्नुहोस् ।
त्यसपछि त्यहीँ भएको 'ट्राइ एन इक्ज्यामपल'मा क्लिक गरेर यो फिचर चलाउन सक्नुहुन्छ । अथवामा सर्च इन्जिनबाट नयाँ कुरा खोज्नु सक्नुहुन्छ । त्यसपछि तपाईंले एआईले तयार पारेको नतिजा देख्न सक्नुहुने छ ।
गुगलका अनुसार एसजीईको विकल्प 'अन' गर्न साथै स्वत: सर्च इन्जिनमा गुगल एआई सक्रिय हुन्छ । यस फिचरलाई बन्द गर्न भने पुन: यही प्रक्रिया दोहोर्याउन सक्नुहुन्छ ।
त्यसपछि तपाईंले माथिको जस्तै ढाँचामा उत्तर पाउनुहुन्छ । यदि पूर्ण उत्तर हेर्न चाहनुहुन्छ भने त्यहाँ भएको 'सो मोर'मा क्लिक गर्नुहाेस् । यदि उही विषयमा थप प्रश्न सोध्न चाहनुहुन्छ भने माथि 'कन्भर्स' भन्ने दिइएको छ । त्यसमा क्लिक गर्नुहाेस् ।