close

गुगल मेसेजमा ‘नोइज क्यान्सिलेसन’ फिचर आउँदै

टेकपाना टेकपाना

मंसिर २, २०८० १४:१७

गुगल मेसेजमा ‘नोइज क्यान्सिलेसन’ फिचर आउँदै

काठमाडौं । गुगल मेसेजमा भोइस मेसेजिङ सुधार गर्न 'नोइज क्यान्सिलेसन' फिचर आउने भएको छ । भोइस रेकर्डिङ गरिरहँदा उपयोगी हुने फिचर गुगल मेसेजमा आउने भएको हो ।

द एसपी एन्ड्रोइडका अनुसार एपमा आवाज रेकर्डिङ गरिरहँदा हुने हल्लालाई यस फिचरले हटाउने छ । त्यसो हुँदा आवाज स्पष्ट र सुन्न योग्य हुने बताइएको छ । विशेष गरेर थिएटर, सभा, कार्यक्रम जस्ता धेरै हल्ला भएका ठाउँमा यो फिचर उपयोगी हुनेछ ।

गुगल मेसेजको पछिल्लो बेटा भर्सनमा याे फिचर प्रयाेग गरिरहेका प्रयाेगकर्ताका अनुसार एपमा भोइस रेकर्डिङसँगै यो फिचरको पनि विकल्प दिइएको छ । त्यसो हुँदा आवाज रेकर्डिङ गर्नुअघि यस फिचर अन गरे पुग्ने उनीहरूको भनाइ छ ।

त्यस्तै गुगल मेसेजको नयाँ स्टेबल भर्सन आउनुअघि नै एपको बेटा भर्सनबाट यो फिचर सुरु हुने अपेक्षा गरिएको छ ।

पछिल्लो अध्यावधिक: मंसिर २, २०८० १४:१७