close

उपकरण नजोड्दै एमडीएमएस लागू गरेको भन्ने समाचार गलत: प्राधिकरण

टेकपाना टेकपाना

मंसिर ८, २०८० १७:३४

उपकरण नजोड्दै एमडीएमएस लागू गरेको भन्ने समाचार गलत: प्राधिकरण

काठमाडौं । उपकरण नजोड्दै मोबाइल डिभाइस म्यानेजमेन्ट सिस्टम (एमडीएमएस) लागू भएकाे भन्दै विभिन्न विभिन्न माध्यमबाट समाचार प्रकाशित भएपछि नेपाल दूरसञ्चार प्राधिकरणले त्यसकाे खण्डन ध्यानाकर्षण भएको बताएको छ । एक विज्ञप्ति जारी गर्दै प्राधिकरणले त्यस्ता समाचार तथ्यहीन भएकाे जनाएकाे हाे ।

त्यस्तै एमडीएमएस परियोजना अन्तर्गत सेकेन्डरी साइट (जीआईडीसी, सिंहदरबार) का लागि आवश्यक हार्डवेयर उपकरणहरू आयात भई जडान भएको, प्रणाली अन्तर्गतको इम्पोटर्स मोड्युल र कन्ज्युमर मोड्युल तयार भएको प्राधिकरणले उल्लेख गरेकाे छ ।

साथै एमडीएमएस प्रणालीलाई भन्सार विभागले सञ्चालनमा ल्याएको नेपाल राष्ट्रिय एकद्वार प्रणालीसँग आवद्ध गरिएको तथा प्राइमरी साइटमा रहने कन्टेनर तथा केही विद्युतीय उपकरणहरू मात्र आयातको क्रममा रहेको विज्ञप्तिमा उल्लेख छ ।

त्यस्तै मोबाइल उपकरणहरूको आयात, प्रयोग तथा बिक्री वितरणलाई थप व्यवस्थित गर्न, हराएका तथा चोरी भएका मोबाइल सेटहरूको ट्रयाक तथा ब्लक गर्न तथा प्रमाणिक मोबाइल सेटहरू पहिचान गरी इक्विप्मेन्ट आईडेन्टिटी रिजिष्ट्रेसन (ईआरआई) प्रणालीको कार्यान्वयन गर्न एमडीएमएसको पोर्टल सञ्चालनमा ल्याएको प्राधिकरणको भनाइ छ ।

साथै उक्त पोर्टलमा दर्ता नभई प्रणाली बाहिर ग्रे लिष्टमा रही सञ्चालनमा रहेका मोबाइल फोनसेटहरूलाई प्राधिकरणको मोबाइल डिभाइस व्यवस्थापन विनियमावली, २०७५ बमोजिम क्रमशः ब्लक गर्ने कार्यको सुरूवात गरिएको प्राधिकरणले जनाएको छ ।

पछिल्लो अध्यावधिक: मंसिर ८, २०८० १७:३७