close

इन्टरनेट नचले राउटर अफ गरेर अन गर्नू: नेपाल टेलिकम

टेकपाना टेकपाना

मंसिर ८, २०८० १७:५२

इन्टरनेट नचले राउटर अफ गरेर अन गर्नू: नेपाल टेलिकम

काठमाडौं । इन्टरनेट नचले राउटर अफ गरेर अन गर्न नेपाल टेलिकमले सुझाव दिएको छ । सामाजिक सञ्जालमा एक जानकारी सहितको पोस्ट गर्दै कम्पनीले यस्तो सुझाव दिएको हो ।

पोस्टमार्फत टेलिकमले इन्टरनेट सेवा नचलेमा वा समस्या भएमा नमस्ते वाई-फाई (नमस्ते वाई-फाई/डब्लूबीबी डिभाइस) सेवाका ग्राहकले नमस्ते वाई-फाई सेवाको राउटर अफ गरेर अन गर्न आग्रह गरेको हो ।

“नेपाल टेलिकमका नमस्ते वाई-फाई (नमस्ते वाई-फाई/डब्लूबीबी डिभाइस) सेवाका ग्राहकहरूको इन्टरनेट सेवा नचलेमा वा समस्या भएमा नमस्ते वाई-फाई सेवाको राउटरलाई अफ गरेर अन गर्नुहुन अनुरोध छ,” कम्पनीले लेखेको छ ।

टेलिकमको नमस्ते वाई-फाईबारे थप बुझ्न यहाँ क्लिक गर्नुहोस् ।

पछिल्लो अध्यावधिक: मंसिर ८, २०८० १७:५९