close

बिजुली साइकलमा पनि कर !

टेकपाना टेकपाना

मंसिर ९, २०८० ९:१०

बिजुली साइकलमा पनि कर !

काठमाडौं । नेपालमा बिजुली साइकलको समेत ‍कर लिइने भएको छ । भन्सार विभागले सबै भन्सार कार्यालयहरूलाई पत्र लेख्दै इलेक्ट्रिक स्कुटर जस्तो देखिने साइकलमा पनि सडक कर उठाउन निर्देशन दिएको हो । 

भन्सार कार्यालयहरूले विद्युतीय साइकल भनेर पैठारी भएको वस्तुको वर्गीकरण सम्बन्धमा द्विविधा भएको गुनासाे गरेपछि भन्सार विभागले पत्र लेख्दै त्यस्ता साइकलमा इलेक्ट्रिक सरह कर उठाउन भनेकाे हाे । ​

याेसँगै प्याडल भएको ३५० वाटभन्दा कम क्षमताका इलेक्ट्रिक साइकलहरुले अब ‘सडक निर्माण दस्तुर’ स्वरुप १० हजार शुल्क बुझाउनु पर्ने छ । 

विद्युतीय साइकलमा पाङ्ग्रा/चक्काको व्यास साधारण साइकलमा जडान भएका भन्दा कम भएको तर मोटाइ साधारण साइकलमा जडान भएका भन्दा मोटा प्रकृतिका भई दुई वा सोभन्दा बढी पाङ्ग्रा/चक्का हुने र इलेक्ट्रिक मोटर र रिचार्जेबल ब्याट्री सहितको शक्तिबाट सञ्चालन हुने तथा एक्सिलेरेटर र गति नियन्त्रण गर्नसक्ने प्रणाली जडान भएको हुनाले भन्सार विभागले यस्ताे साइकललाई इलेक्ट्रिक स्कुटर सरह मानेकाे हाे ।

सूचना

 

पछिल्लो अध्यावधिक: मंसिर ९, २०८० ९:३०