close

क्यूआर कोड स्क्यान गरेरै प्रहरीमा उजुरी तथा गुनासो टिपाउन सकिने

टेकपाना टेकपाना

मंसिर ११, २०८० ११:८

क्यूआर कोड स्क्यान गरेरै प्रहरीमा उजुरी तथा गुनासो टिपाउन सकिने

काठमाडौं । जिल्ला प्रहरी कार्यालय मकवानपुरले क्यूआर कोड स्क्यान गरेरै उजुरी, गुनासो तथा सुझाव दिन सकिने सेवा सुरु गरेको छ । आफ्नो सेवालाई छिटो, छरितो, व्यवस्थित र प्रभावकारी तुल्याउन क्यूआर कोड तयार पारिएको हो । 

जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रवक्ता डीएसपी लक्ष्मि भण्डारीका अनुसार सेवा ग्राहीले उक्त क्यूआर कोड स्क्यान गरेपछि आफ्नो व्यक्तिगत विवरण राखेर उजुरी टिपाउन सक्नेछन् । यो क्यूआर कोड जिल्लाका सरकारी कार्यालयहरू र सार्वजनिक स्थानहरूमा समेत टाँसिने जानकारी प्रवक्ता भण्डारीले दिए । 

परम्परागत तवरबाट सेवा दिइँदै आएकोमा क्यूआर कोड प्रयोगमा ल्याएसँगै नागरिकलाई सेवा प्रवाहमा सहजता हुने प्रहरी कार्यालयको विश्वास छ । 

 

कसरी प्रयोग गर्ने ? 

जिल्ला प्रहरी कार्यालय मकवानपुरको क्यूआर कोड स्मार्टफोनबाट स्क्यान गरिसकेपछि प्रहरी कार्यालयको वेब पेजमा एउटा ड्याशबोर्ड खुल्छ ।

आफ्नो पूरा नाम, लिङ्ग, ठेगाना, ईमेल तथा सम्पर्क नम्बरसहित त्यहाँ रहेको फाराम भर्नुहोस् ।

उक्त फारामकै अन्तिम तिर तपाईंले आफू नजिक भएको कुनै दुर्घटनाको जानकारीसँगै गुनासो, सुझाव अथवा सुधार गर्नुपर्ने विषयहरू उल्लेख गर्नुहोस् र अन्त्यमा रहेको सब्मिट बटनमा थिच्नुहोस् ।

यति गरिसकेपछि तपाईंको सुझाव तथा गुनासो जिल्ला प्रहरी कार्यालय मकवानपुर समक्ष पुग्छ ।

यसरी क्यूआर कोड प्रयोग गरी जानकारी, सुझाव वा गुनासो टिपाउने प्रयोगकर्ताको व्यक्तिगत विवरण गोप्य राखिने मकवानपुर प्रहरीले जनाएको छ । 

 

पछिल्लो अध्यावधिक: मंसिर ११, २०८० ११:१०