close

भोलि प्रेसिडेन्सियल आईटी कन्क्लेभ हुँदै

टेकपाना टेकपाना

मंसिर १४, २०८० १४:११

भोलि प्रेसिडेन्सियल आईटी कन्क्लेभ हुँदै

काठमाडौं । शुक्रबार  प्रेसिडेन्सियल आईटी कन्क्लेभ २०२३ आयोजना हुने भएको छ । प्रेसिडेन्सियल बिजनेस स्कुल, बानेश्वरको आयोजना तथा नेपाल एसोसिएसन फर सफ्टवेयर एन्ड आईटी सर्भिसेस कम्पनिज (न्यास आईटी) काे सहकार्यमा होटल एभरेष्टमा उक्त कार्यक्रम हुन लागेको हो ।

सूचना प्रविधि क्षेत्रमा भएका प्रगति तथा चुनौतीहरूबारे छलफल गर्न आईटी कन्क्लेभ गर्न लागिएको आयोजकले जनाएको छ । आयोजकका अनुसार कार्यक्रममा परिवर्तनकारी सिकाइको नयाँ तरिका पहिचान, नेपालको आईटीमा आउटसोर्सिङको भूमिका, नेपालको डिजिटल भविष्यलाई आकार दिन आईटीका नवीनतम प्रवृत्तिको पहिचान लगायतका विषयमा प्यानल छलफल हुनेछ ।

सोही कार्यक्रममा कलेजमा अध्ययनरत स्नातक तहका विद्यार्थीले तयार पारेका विभिन्न परियोजना प्रदर्शनी समेत हुनेछ । कार्यक्रममा उद्योगका व्यक्ति, प्रोफेसनल, एकेडेमिसियन तथा सूचना प्रवधिमा रुचि भएका व्यक्तिहरूको उपस्थिति हुने बताइएको छ ।



 

पछिल्लो अध्यावधिक: मंसिर १४, २०८० १४:११