close

क्रिसमसको अवसरमा ओपनएआईले ल्यायो सान्टाजीपीटी

टेकपाना टेकपाना

मंसिर १७, २०८० १४:३९

क्रिसमसको अवसरमा ओपनएआईले ल्यायो सान्टाजीपीटी

काठमाडौं । क्रिसमस नजिकिएसँगै ओपनएआईले सान्टाजीपीटी (SantaGPT) ल्याएको छ । प्रयोगकर्तालाई क्रिसमस उपहारका लागि सल्लाह सुझाव दिन च्याटजीपीटी ४ मा आधारित सान्टाजीपीटी ल्याएको ओपनएआईले जनाएकाे छ ।

ओपनएआईका अनुसार उपयोगी र सुहाउँदो उपहार छान्न सान्टाजीपीटीले प्रयोगकर्तालाई सहयोग गर्नेछ । सामान्य च्याटबटले जस्तै सान्टाबटले काम गर्ने बताइएकाे या सुविधा जीपीटी प्लसका सब्सक्राइबरहरूलाई मात्र उपलब्ध हुनेछ ।

अहिले च्याटजीपीटी प्लस प्रयोग गर्न प्रति महिना २० डलर (करिब २६०० रुपैयाँ) लाग्छ । ओपनएआईले ‘जीपीटी स्टोर’ पनि चाँडै ल्याउने तयारी गरेकाे छ । ‘जीपीटी स्टोर’ प्रयोगकर्ताहरूले च्याटबटमै सामान खरिद-बिक्री गर्नसक्ने बताइएको छ । 

पछिल्लो अध्यावधिक: मंसिर १७, २०८० २०:१८