close

टिकटक बन्द विरुद्धका रिटमा आज पूर्ण सुनुवाइ हुँदै

टेकपाना टेकपाना

मंसिर १९, २०८० १२:१०

टिकटक बन्द विरुद्धका रिटमा आज पूर्ण सुनुवाइ हुँदै

काठमाडौं । टिकटकमाथि लगाएको प्रतिबन्धविरुद्ध सर्वोच्च अदालतमा दर्ता भएका १४ ओटा रिटउपर आज पूर्ण सुनुवाइ हुँदैछ । यस अगाडि मंसिर ५ गते न्यायाधीश विनोद शर्माको एकल इजलासले टिकटकमाथिको प्रतिबन्ध हटाउन अन्तरिम आदेश दिन अस्वीकार गर्दै सरकारको नाममा कारण देखाऊ आदेश दिएको थियो ।

आज सबै रिटउपर पूर्ण सुनुवाइ गर्न न्यायाधीश सुष्मालता माथेमा र विनोद शर्माको संयुक्त इजलासमा पेसी परेको छ ।

गत कात्तिक २७ मन्त्रिपरिषद्काे बैठकले सामाजिक सद्‌भाव र सामाजिक वातावरणमा नकारात्मक असर पारेको भन्दै टिकटकमाथि रोक लगाउने निर्णय गरेको थियो ।

सरकारको उक्त निर्णयपछि वाक तथा अभिव्यक्ति स्वतन्त्रतासम्बन्धी संवैधानिक अधिकार हनन् गरेको भन्दै सर्वोच्चमा छुट्टाछुट्टै १४ ओटा रिट दायर भएका छन् ।

दायर भएका रिटमा टिकटक प्रतिबन्धकाे निर्णयले अभिव्यक्ति स्वतन्त्रताको हकसँगै सूचना, समाचार, मनोरञ्जन लगायतका हक तथा संविधानका विभिन्न धाराकाे गम्भीर उल्लङ्घन गरेको दाबी गरिएकाे छ ।

पछिल्लो अध्यावधिक: मंसिर १९, २०८० १३:३८