close

१६ वर्ष मुनिका बालबालिकालाई एडल्ट फिल्म ‘एनिमल’ देखाउने हलमाथि कारबाही हुने

टेकपाना टेकपाना

मंसिर १९, २०८० १४:४०

१६ वर्ष मुनिका बालबालिकालाई एडल्ट फिल्म ‘एनिमल’ देखाउने हलमाथि कारबाही हुने

काठमाडौं । चलचित्र विकास बोर्डले १६ वर्षमुनिका बालबालिकालाई ‘एडल्ट’ फिल्म देखाउने हललाई कारवाहीका लागि सिफारिस गरेका छ ।

सोमवार राति बोर्डका सदस्यले गरेको अनुगमनका क्रममा काठमाडौं नयाँ बानेश्वरको वन सिनेमाजले बालबालिकालाई एनिमल फिल्मको टिकेट बिक्री गरेको खुलेपछि कारवाही गर्न सञ्चार तथा सूचना प्रविधि मन्त्रालयलाई सिफारिस गरेको हो ।

टेकपानासँग कुरा गर्दै बोर्डका प्रवक्ता तथा सदस्य केएल बुढाथोकीले बालबालिकालाई हलहरूले एनिमल फिल्मको टिकेट बिक्री गरिरहेको भन्ने गोप्य सूचना प्राप्त भएपछि अनुगमन गरेको बताए ।

“हामीले एडल्ट क्याटेगोरीमा राखेको फिल्म कानून विपरीत हलहरूले बालबालिकालाई टिकेट बिक्री गरेको भन्ने सूचना आएको थियो,” उनले भने, “अनुगमनका क्रममा वन सिनेमाजले टिकेट बिक्री गरेको पायौं ।”

पछिल्लो अध्यावधिक: मंसिर १९, २०८० १४:४०