close

विज्ञान प्रविधिको क्षेत्रमा अपेक्षा गरेअनुसार स्रोत प्रदान गर्न सकेका छैनौंः प्रधानमन्त्री

टेकपाना टेकपाना

मंसिर २०, २०८० १२:२७

विज्ञान प्रविधिको क्षेत्रमा अपेक्षा गरेअनुसार स्रोत प्रदान गर्न सकेका छैनौंः प्रधानमन्त्री

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल 'प्रचण्ड' ले विज्ञान तथा प्रविधिको क्षेत्रमा अपेक्षा गरे अनुसारको स्रोत प्रदान गर्न नसकिएको स्वीकार गरेका छन् । बुधबार भएकाे नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठान (नास्ट) को ४१औं वार्षिकोत्सव तथा पुरस्कार वितरण कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्री प्रचण्डले यस्तो बताएका हुन् ।

“सरकारका पनि विभिन्न बाध्यताहरू हुँदा रहेछन् । यसमा तपाईंहरूले बुझिदिनु भएकै छ । म आफैं पनि विज्ञानको विद्यार्थी भएको कारण विज्ञान प्रविधिको विकासमा हामीले फड्को मार्न नसकेका कारक तत्वहरू राम्रोसँग बुझ्दछु,” नास्टका कुलपतिसमेत रहेका प्रचण्डले भने । 

चालू आर्थिक वर्षको वार्षिक कार्यक्रममा सरकारले विज्ञान तथा प्रविधि विकासको लागि एक अर्बको कोष स्थापना गर्ने निर्णय गरेकाे बताउँदै यसबाट प्रतिभाशाली युवाहरूले स्वदेशमै रहेर अनुसन्धान गर्ने मौका पाउने भनाइ राखे ।

पछिल्लो अध्यावधिक: मंसिर २०, २०८० १२:३९