close

एनसेलको नाममा जे भइरहेको छ, त्यसैका लागि सीजीलाई रोकिएको हो: निर्वाण चौधरी

टेकपाना टेकपाना

मंसिर २१, २०८० १२:४७

एनसेलको नाममा जे भइरहेको छ, त्यसैका लागि सीजीलाई रोकिएको हो: निर्वाण चौधरी

काठमाडौं । चाैधरी ग्रुपका प्रबन्ध निर्देशक निर्वाण चाैधरीले एनसेलको नाममा अहिले जे भइरहेको छ सीजी टेलिकमलाई त्यसैका लागि रोकिएको आरोप लगाएका छन् ।

बिहीवार सामाजिक सञ्जालमा एक पोस्ट राख्दै चौधरीले निःशुल्क भ्वाइस र एसएमएस तथा ५० प्रतिशत सस्तोमा डेटा उपलब्ध गराउने वाचा गरेको कम्पनी (सीजी) लाई स्वीकृति नदिएको भन्दै एनसेल प्रकरणमा संलग्न पात्रले नै सीजीलाई स्थापित गर्न नदिएको आरोप लगाएका हुन् ।   

“सीजी टेलिकमले उपभोक्तालाई भ्वाइस र एसएमएस निःशुल्क उपलब्ध गराउने र ५० प्रतिशत सस्तोमा डेटा उपलब्ध गराउने वाचा गर्दा पनि किन नेपाली कम्पनीलाई स्वीकृति दिइएन भन्ने कुराको अब पटाक्षेप हुँदैछ,” उनले लेखेका छन्, “हेर्दै जाऔँ, अरु के के देख्न पाइने हो । एनसेल काण्डमा तिनै पात्रहरू संलग्न छन्, जसले १० वर्षदेखि नेपाली टेलिकमलाई नेपालमा स्थापित हुन दिएनन् ।”

आज जे भएको छ यही गर्नका लागि सीजी टेलिकमलाई उनीहरू सबै मिलेर रोकेको उनको आरोप छ । त्यसका साथै चौधरीले देशमा अहिले ‘तँ कुटेजस्तो गर म रोएजस्तो गर्छु’ नामक सिनेमा चलिरहेको भन्दै व्यङ्ग्य गरेका छन् ।

पछिल्लो अध्यावधिक: मंसिर २१, २०८० १२:५१