close

भोइस मेसेजलाई अक्षरमा उतार्न मिल्ने टेलिग्रामको फिचर अब सबैका लागि निःशुल्क

टेकपाना टेकपाना

मंसिर २३, २०८० १८:४५

भोइस मेसेजलाई अक्षरमा उतार्न मिल्ने टेलिग्रामको फिचर अब सबैका लागि निःशुल्क

काठमाडौं । मेसेजिङ एप टेलिग्रामले अडिओ मेसेजलाई अक्षरमा उतार्न मिल्ने फिचर सबै प्रयोगकर्तालाई नि:शुल्क उपलब्ध गराएको छ । यसअगाडि प्रिमियम प्रयोगकर्ताले मात्र चलाउन मिल्ने यो फिचरलाई टेलिग्रामले सबै प्रयोगकर्तालाई उपलब्ध गराएको हो ।

हालै ट्रान्सक्राइब सहित एन्ड्रोइड, आईओएस तथा वेब एपमा टेलिग्रामले एक दर्जन फिचर थप्दै नयाँ अपडेट गरेको छ । यस अपडेटसँगै ​सबै प्रयोगकर्ताले अडिओ/भिडिओ मेसेजलाई अक्षरमा सजिलै उतार्न सक्नेछन् । साथै उक्त मेसेजलाई अन्य भाषामा समेत अनुवाद गर्न सक्नेछन् ।

तर उनीहरूले प्रति हप्ता दुई पटक मात्र यो फिचर प्रयोग गर्न सक्छन् । नियमित रूपमा यो फिचर प्रयोग गर्न भने ४.९९ डलर तिरेर टेलिग्राम प्रिमियम लिनुपर्ने छ ।​

टेलिग्रामले थपेको अर्को फिचर ‘सिमिलर च्यानल’ हो । यस फिचरबाट उही प्रकृतिको पब्लिक च्यानलहरू फेला पर्न सजिलो हुने जनाइएको छ । यसबाहेक च्यानल तथा अन्य व्यक्तिको अकाउन्टलाई आफ्नो स्टोरीमा शेयर गर्न मिल्ने, स्टोरीमा नै भिडिओ मेसेज पठाउन सकिने लगायतका थुप्रै फिचर टेलिग्रामले थपेको जनाएको छ ।

पछिल्लो समयमा आफ्नो प्रतिस्पर्धीहरूलाई उछिन्न टेलिग्रामले निकै आकर्षक फिचरहरू ल्याइरहेको छ । हालै आएका नयाँ फिचरबारे पूर्ण रुपमा जान्न यहाँ क्लिक गर्नुहाेस् ।

पछिल्लो अध्यावधिक: मंसिर २३, २०८० १८:४५