close

नेपाली फिल्म ‘नो विन्टर होलिडेज’ ले पायो इनड्राइभको नेटिभा अवार्ड

टेकपाना टेकपाना

मंसिर २४, २०८० १५:५६

नेपाली फिल्म ‘नो विन्टर होलिडेज’ ले पायो इनड्राइभको नेटिभा अवार्ड

काठमाडौं । राइड शेयरिङ एप इनड्राइभको अल्टरनेटिभ फिल्म प्रोजेक्टअन्तर्गत राजन कठेत र सुनिल पाण्डे निर्देशित नेपाली फिल्म ‘नो विन्टर होलिडेज’ ले नेटिभा अवार्ड जितेको छ । ​कजाकस्तानको अल्माटीमा आयोजित समारोहबीच याे फिल्मलाई उक्त अवार्ड प्रदान गरिएको हो ।

‘नो विन्टर होलिडेज’मा हिउँले ढाकिएको गाउँमा सँगै बाँच्न बाध्य दुई दुस्मनको कथा प्रस्तुत गरिएकाे छ । इनड्राइले नेटिभा अवार्डका अतिरिक्त स्पटलाइट अवार्ड, फ्युचर भ्वाइस अवार्ड, अल्टर अवार्ड, शर्ट्स अवार्ड सहितका विधामा विभिन्न देशका फिल्मलाई पुरस्कृत गरेकाे थियो ।

अल्टरनेटिभ फिल्म प्रोजेक्टमध्ये एसियाका नयाँ फिल्म निर्माताहरूलाई सहयोग गर्न इनड्राइभले यस्ताे कार्यक्रम सञ्चालन गर्ने गर्छ ।

यस कार्यक्रममा अवार्डबाहेक शैक्षिक कार्यक्रम, फिल्म प्रदर्शन र फिल्म निर्माताहरूलाई सशक्त बनाउन विभिन्न सहयोग गर्ने इन्ड्रभाइभले जनाएको छ ।

हाल राइड शेयरिङ कम्पनी इन्ड्राइभको सेवा ४६ देशका ७०० बढी सहर पुगिसकेको छ ।

पछिल्लो अध्यावधिक: मंसिर २४, २०८० १६:१