close

एनसेलको शेयर खरिद-बिक्री अध्ययन तथा छानबिन समितिले थाल्यो काम

टेकपाना टेकपाना

मंसिर २४, २०८० १८:४०

एनसेलको शेयर खरिद-बिक्री अध्ययन तथा छानबिन समितिले थाल्यो काम

काठमाडौं । सरकारले गठन गरेको एनसेलको शेयर खरिद-बिक्री अध्ययन तथा छानबिन समितिले देखि कार्य थालेको छ । नेपाल सरकार, मन्त्रिपरिषद्को मंसिर २१ गतेको बैठकले एनसेलको शेयर खरिद बिक्रीको सम्बन्धमा प्रचलित नेपाल कानूनको परिपालनाको विषय, राजस्व र नेपालमा वैदेशिक लगानीमा पर्नसक्ने असरलगायतका विषय अध्ययन तथा छानबिन गरी ३० दिनभित्र प्रतिवेदन पेश गर्न पूर्व महालेखा परीक्षक टंकमणि शर्मा दंगालको संयोजकत्वमा समिति गठन गरेको थियो ।

समितिका संयोजक दंगालले प्रेस विज्ञप्ति जारी गरी अध्ययन तथा छानबिनको क्रममा सम्बन्धित विषय क्षेत्रका नियामक निकायहरू, सरकारी अधिकारीहरू, सम्बन्धित सेवा प्रदायक कम्पनीसँग छलफल गर्ने, कागजात तथा जानकारी प्राप्त गर्ने तथा सम्बन्धित विषयका विज्ञ, विभिन्न सरोकारवाला संघ, संस्था र व्यक्तिहरूसँग समेत आवश्कयताअनुसार छलफल गरी रायसुझाव प्राप्त गर्ने जानकारी दिएका छन् ।

समितिले एनसेलको शेयर खरिद बिक्रीसँग सम्बन्धित तथ्यपरक जानकारी, सूचना वा अन्य यससँग सम्बन्धित प्रमाणहरू भएमा समितिको आधिकारिक इमेल ठेगानामा वा समितिको सचिवालयमा उपलब्ध गराई अध्ययन तथा छानबिन कार्यमा सहयोग गर्न सम्बन्धित सरोकारवाला व्यक्ति, संस्था, सञ्चारकर्मी र नागरिकमा पनि आव्हान गरेको छ ।

पछिल्लो अध्यावधिक: पुस २५, २०८० २०:४९