close

एनसेलको नम्बरमा अब नमस्ते पे वालेटबाट ५० रुपैयाँभन्दा कम टपअप गर्न नमिल्ने

टेकपाना टेकपाना

मंसिर २६, २०८० १७:५२

एनसेलको नम्बरमा अब नमस्ते पे वालेटबाट ५० रुपैयाँभन्दा कम टपअप गर्न नमिल्ने

काठमाडौं । डिजिटल वालेट नमस्ते पेमार्फत अब एनसेलकाे नम्बरमा ५० रुपैयाँभन्दा कम टपअप गर्न नमिल्ने भएको छ । एक सूचनामार्फत नमस्ते पेले मंगलबार राति १० बजेदेखि एनसेलको न्यूनतम टपअप ५० रुपैयाँ हुने जानकारी दिएको हो ।

एनसेलले आफ्नो न्यूनतम टपअप मूल्य ५० रुपैयाँ पुर्‍याउने भएकाले यस्तो परिवर्तन हुने सूचनामा उल्लेख छ । यसअगाडि वालेटकाे टपअप सेवाबाट एनसेलमा न्यूनतम ४० रुपैयाँ पठाउन सकिने व्यवस्था रहेको थियो ।

पछिल्लो अध्यावधिक: मंसिर २६, २०८० १७:५२