close

नेपाल टेलिकममा जागिर खुल्यो भन्दै सामाजिक सञ्जालमा ठगी धन्दा, सचेत रहन आग्रह

टेकपाना टेकपाना

मंसिर २७, २०८० १८:२९

नेपाल टेलिकममा जागिर खुल्यो भन्दै सामाजिक सञ्जालमा ठगी धन्दा, सचेत रहन आग्रह

काठमाडौं । आफ्नो नाम र लोगो अनधिकृत प्रयाेग गरी सामाजिक सञ्जालमार्फत स्क्याम (ठगी) भइरहेको पाएपछि नेपाल टेलिकमले सचेत रहन आग्रह गरेको छ ।

फेसबुक, मेसेन्जर, ह्वाट्सएप लगायतका सामाजिक सञ्जालका विभिन्न माध्यमबाट कम्पनीमा रोजगारी मिलाइदिने, नि:शुल्क डेटा, नि:शुल्क कल, जब भ्याकेन्सी र पुरस्कारहरू उपलब्ध भइरहेको  भन्दै सर्वसाधारणलाई झुक्काएको घटना बाहिरिएपछि टेलिकमले एक सूचना जारी गर्दै सचेत रहन आग्रह गरेको हो ।

विभिन्न दरका नि:शुल्क डेटा, नि:शुल्क कल, जब भ्याकेन्सी र पुरस्कार उपलब्ध भइरहेको प्रचार गर्न आफ्नो लोगो दुरुपयोग भइरहेको टेलिकमले एक सूचनामार्फत उल्लेख गरेकाे छ ।

कम्पनीले अन्य कुनै पनि ग्रुप वा सामाजिक सञ्जालमार्फत यस प्रकारको सूचना प्रवाह नगरेको स्पष्ट पारेको छ । साथै कम्पनीले आफ्नो आधिकारिक (ब्लु टिक) सहितको फेसबुक, एक्स लगायतका सामाजिक सञ्जाल अकाउन्टमा उपलब्ध सूचनालाई मात्र आधार मान्न अनुरोध गरेको छ ।

पछिल्लो अध्यावधिक: मंसिर २७, २०८० १८:२९