close

अनुसन्धानकर्ताका लागि नास्टको नयाँ अनुदान कार्यक्रम, यसरी पठाउनुहोस् आफ्नो प्रस्ताव

टेकपाना टेकपाना

मंसिर २८, २०८० १५:२

अनुसन्धानकर्ताका लागि नास्टको नयाँ अनुदान कार्यक्रम, यसरी पठाउनुहोस् आफ्नो प्रस्ताव

काठमाडौं । नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठान (नास्ट)ले पारिस्थितिकीय प्रणालीमा आधारित अनुकूलन (Ecosystem Based Adaption) का क्षेत्रमा अनुसन्धान गर्न प्रस्तावना माग गरेको छ । एक सूचना जारी गर्दै नास्टले नेपाल सरकारको मान्यताप्राप्त विश्वविद्यालयबाट स्नातक तहकाे शाेध अनुसन्धान गर्ने नेपाली अनुसन्धानकर्तासँग प्रस्ताव माग गरेको हो ।

सूवन तथा वातावरण मन्त्रालयले सञ्चालन गरिरहेको पारिस्थितिकीय प्रणालीमा आधारित अनुकूलन आयोजना (EbA II) अन्तर्गत नास्टले अनुसन्धान अनुदान प्रदान गर्नेछ । यसमा स्नातक तहको शोध अनुसन्धान गर्ने अनुसन्धानकर्ताले आवेदन दिन सक्नेछन् ।

इच्छुक व्यक्तिले प्रस्तावना र निर्धारित सबै दस्तावेजहरू सहित ३० दिनभित्र नास्टको नेपाल जलवायु परिवर्तन ज्ञान व्यवस्थापन केन्द्रमा दर्ता गर्नुपर्नेछ ।अनिवार्य रूपमा संलग्न गर्नुपर्ने कागजात संलग्न नभएका वा म्याद नाघेका आवेदन बदर हुने सूचनामा उल्लेख छ ।

यसबारे विस्तृत विवरण, आवेदन फारम तथा प्रस्तावनाको ढाँचा यहाँबाट डाउनलोड गर्न सकिने छ । साथै आफ्नो प्रस्ताव [email protected] वा [email protected] मा ईमेल गरी पठाउन सकिने छ ।

हेर्नुहोस् सूचना

पछिल्लो अध्यावधिक: मंसिर २८, २०८० १५:९