close

रियलमीको नयाँ इयरबड्स नेपाली बजारमा, दराजबाट किन्दा १ हजार छुट

टेकपाना टेकपाना

मंसिर २८, २०८० १६:४३

रियलमीको नयाँ इयरबड्स नेपाली बजारमा, दराजबाट किन्दा १ हजार छुट

काठमाडौं । नेपाली बजारमा रियलमी ब्रान्डका दुई इयरबड मोडेल सार्वजनिक भएका छन् । रियलमीको आधिकारिक बिक्रेता शंकर ग्रुपले ‘रियलमी बड्स टी३००’ र ‘रियलमी टी१००’ अनलाइन मार्केटप्लेस दराजमा सार्वजनिक गरेको हो । 

कस्तो छ रियलमी टी-३०० ?

१२.४ एमएम डाइनामिक बेस ड्राइभर भएको रियलमी टी-३०० मा ३० डेसिबलसम्मको एक्टिभ न्वाइज क्यान्सिलेसनको सुविधा छ । ४० घण्टा ब्याट्री टिक्ने यो इयरबडमा ३६० डिग्री अडियो इफेक्ट रहेको छ । यसलाई एक्टिभेट गर्न 'रियलमी लिङ्क' एप प्रयोग गर्नुपर्ने हुन्छ ।

स्तरीय आवाजको अनुभव दिन यसमा ५० एमएसको लो ल्याटेन्सी र एचटीडब्लू वायर क्वाइल समावेश गरिएको छ । त्यसबाहेक पनि इयरबड राखिएको एन५२ म्याग्नेटले पावरफुल साउन्ड दिने भनिएको छ । 

कम्पनीका अनुसार यो इयरबड १० मिनेट चार्ज गर्दा सात घण्टासम्म प्रयोग गर्न सकिन्छ । यसको तौल ४.१ ग्राम छ । बड्सलाई एकपटक चार्ज गर्दा ८ घण्टासम्म लगातार प्रयोग गर्न सकिने कम्पनीका दाबी छ ।

इयरबडमा भएको सेन्सरमा डबल ट्याप गर्दा गीत प्ले/पज गर्न सकिन्छ भने फोन उठाउन वा काट्न पनि सकिन्छ । तीनपटक ट्याप गर्दा नयाँ ट्रयाकको म्युजिक बज्छ ।

दुई सेकेन्डसम्म ट्याप गरेर होल्ड गरिरहने हो भने न्वाइज क्यान्सिलेसन मोड र ट्रान्सप्यारेन्सी मोड स्वीच हुन्छ । चार सेकेन्डसम्म ट्याप गरेर होल्ड गर्दा त्यसलाई पुनः पेयर गराउन सकिन्छ ।

ब्लुटुथ ५.३ भर्सनमा आधारित यस इयरबडमा आफ्नो आवश्यकता अनुसार लिङ्क एपबाट कस्टमाइज गर्न सकिन्छ । यो एप एन्ड्रोइड र आईओएस दुवैमा सपोर्ट हुन्छ ।

यस इयरबडको मूल्य पाँच हजार ४९९ रुपैयाँ तोकिएको छ । दराजबाट याे इयरबड खरिद गर्दा एक हजार छुट प्राप्त गर्न सकिनेछ ।

कस्तो छ रियलमी टी-१०० ?

यस इयरबडमा १० एमएम डाइनामिक बेस ड्राइभर छ । २८ घण्टा ब्याट्री टिक्ने इयरबडमा एआई न्वाइज क्यान्सिलेसन फिचर छ, जसलाई फोनकलका क्रममा प्रयोग गर्न सकिन्छ ।

आईपीएक्स फाइभ वाटर रेसिस्टेन्स भएको इयरबडमा गुगल फास्ट पेयरको सुविधा छ । यसले रियलमी लिङ्क एप सपोर्ट गर्छ भने यसको ल्याटेन्सी ८८ एमएम छ ।

यसमा टाइटानियम प्लेटेड कम्पोजिट डोम डायफग्राम छ भने स्मार्ट कन्ट्रोल फिचरहरू पनि रहेका छन् । यसलाई १० मिनेट चार्ज गर्दा १२० मिनेटसम्म प्रयोग गर्न सकिने कम्पनीको दाबी छ ।

एक पटकको चार्जमा इयरबडलाई मात्र छ घण्टासम्म लगातार प्रयोग गर्न सकिन्छ । यसले ब्लुटुथ ५.३ सपोर्ट गर्छ । 

सुरुवाती चरणमा यस इयरबडको मूल्य तीन हजार ९९९ रुपैयाँ तोकिएको छ । दराजबाट याे इयरबड खरिद गर्दा ७०० रुपैयाँ छुट प्राप्त गर्न सकिन्छ ।

डिसेम्बर १८ देखि यी माेडेलका इयरबड अफलाइन स्टाेरमा पनि उपलब्ध हुने कम्पनीले जनाएकाे छ ।

पछिल्लो अध्यावधिक: मंसिर २९, २०८० १४:३६