close

त्रिभुवन र पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा एनएमबि बैंकको एटीएम

टेकपाना टेकपाना

मंसिर ३०, २०८० १०:१०

त्रिभुवन र पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा एनएमबि बैंकको एटीएम

काठमाडौं । एनएमबि बैंकले त्रिभुवन विमानस्थलको अन्तर्राष्ट्रिय आगमन कक्षमा एटीएम सञ्चालनमा ल्याएको छ । बैंकले पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा समेत नयाँ एटीएम सञ्चालनमा ल्याएको जनाएको छ ।

बैंकले यसअघि त्रिभुवन विमानस्थलको आन्तरिक उडान स्थलको यात्रु प्रस्थान स्थल तथा अन्तर्राष्ट्रिय आगमन कक्षमा एटीएम सञ्चालनमा ल्याएको थिो ।

यसैगरी बैंकले रामबजार, पकाडि, सुरुङा, ड्राइभर टोल, मिर्चैया, बेलौरी, कारकाँदो, तुर्तुरे, तौलिहवा, टिकापुर, कुडिया सुस्ता, लमही, मलङ्वा, बौनिया, जीतपुर सिमरा, धुलाबारी, फूलबारीमा पनि नयाँ एटीएम सञ्चालनमा ल्याएको छ ।  

देशभर २०१ शाखा, १६६ एटीएम, १२ एक्सटेन्सन काउन्टरहरू मार्फत सेवा प्रदान गर्दै आइरहेको बैंकले जनाएको छ ।

पछिल्लो अध्यावधिक: मंसिर ३०, २०८० १०:१०